~नविन आचार्य ‘लेटांगे’~
अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है
ति नयनमा अश्रुधारा , छुटाएँ भने माफ गर है
कै’ले काँही आँफैलाईनी, छल्नु पर्दो रै’छ सानु
बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है
वाचा भयो तिमीलाई, साथ छोड्दीन कहिलेनी
तर म नै संसार बाट , हराएँ भने माफ गर है
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)