~भूधरा उपाध्याय~
– गोपालले आफ्नी प्रेमिकाको रुप र यौवनको खूबै तारिफ गर्यो। कुरैकुरामा उनका कमजोरी पनि सुनायो।
– उसले हरिलाई फूर्ति लाउँदै आफ्नी सुन्दर प्रेमिकासँग परिचय गरायो।
– ऊ भोलिपल्ट कलेज जान हरिको कोठामा के पसेको थियो, उसकी प्रेमिका र हरि एकाकार भएको देख्यो।