~निरज भट्टराई ‘मनोरोगी’ ~
फूलहरु फुलेर मुस्कानको दियो छरिदिदाँ
बगौचाको धाइमा पराई रापमा सेकि रहि
फूलहरुको रङ्गीचङ्गी मुस्कान पातलिदै छ
आफ्नै बगैँचाको मुस्कान, धिपि धिपिमा
झरी बर्खा ,तुसारो अनि बतास सबको छ आहाल
तै मुस्कान छर्न धाइमा पराई देशमा
बचाउन कति प्रयास एक्लैले गर्दा
सुन्न कसरी सक्छौ ,रङ्गीचङ्गी फूलहरुको काहाल
छ बरदान रुपी एउटा बर
इश्वर विन्ती फर्काइदेउ उनलाई
फूलहरुको मुस्कानको विलिनता अघि
छरिदेउ बसन्तको बहार
करुण एउटा विन्ती चढाए
नगरे कृपा, रङ्गीचङ्गी फूलहरु देउन फिर्ता
रङ्गीचङ्गी फूलहरु देउन फिर्ता
समर्पित : विदेश रहेका यूवाहरुलाई सन्तानको करुणा
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )