~राम अप्रिय~
* नवीन र शर्मिलाको चिनजान भएपछि बिस्तारै बोलचाल हुन थाल्यो, भेट्घाट हुनथल्यो ।
* आपसमा हासखेल रमाइलो ठट्टा गर्दै सुखदुःख बाँडिन थाल्यो ।
* आफूभित्रका आन्तरिक कुराहरू आपसमा साटिन थाले ।
* नवीनले शर्मिलालाई आफूप्रति आकर्षित गर्न धूम्रपान, मध्यपान नगर्ने, कसैसँग झैझगडा नगर्ने इत्यादि सकारात्मक पक्षहरू देखाउन थाल्यो ।
* समय दिनरात, हप्ता, महिना गर्दै क्रमिक रुपमा बित्दै गयो ।
* सम्बन्ध झनझन प्रगाढ हुँदै गयो ।
* अन्ततः उनीहरूवीचको मित्रताको नाता वैवाहिक सम्बन्धमा परिणत भयो ।
* विवाह गरेको केही दिनपछि केही कामको लागि बिहान निस्केको नवीन बेलुकी मातेर लर्बराउँदै घरमा आइपुग्यो ।
* दाम्पत्य जीवनको सुरुवातमै आफ्नो श्रीमानको यस्तो क्रियाकलाप देखेपछि शर्मिला चिच्याउँदै, कराउँदै रुन थालिन्।
* नविनले शर्मिलालाई सम्झाउँदै भन्न थाल्यो, “नरोऊ शर्मिला अबदेखि कैले यसो गर्दिन यही हो अन्तिम । यो त हाम्रो वैवाहिक जीवनको सफलताको खुशीयालीमा भएको हो माफ गर ।”
पाँचथर
हाल :- साउदी अरेबिया