कथा : २१ मसान्त चार

~लोकेन्द्रबहादुर चन्द~lokendra-bahadur-chanda

रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले अर्को पुरुषलाई बरण गरेकी छैन, बलात्कारको शिकार भएकी रहिछे भने त्योचाहिँ उसको आफ्नो इच्छा र चाहनाको कुरा होइन । भगवान् अन्तरयामी छ, त्यसैले उसलाई विश्वास छ कि मरेपछि भगवान्को अदालतमा ऊ निश्कलंक निस्किने ठहरिने छे । हो ऊ एक ठाउँमा अड्केर बस्न भने सक्तिन, यताउति डुल्दै रहन्छे, स्थिर भएर बस्न उसको खुट्टामा बसेको शनि चक्रले दिँदै दिन्न । कसैको आश्रयमा बस्न हुँदो रहेनछ भन्ने कटुअनुभव ऊसित छ । सनातनी कर्मकाण्डी पिताको घरमा ऊ जान सक्तिन, आफू जन्मेका यी केही गर्खाहरू छाडेर अन्त कतै जाने उसको मन छैन । महाकाली र सेती नदीको बीचको भू-भाग नै उसको भ्रमणस्थल हो । ऊ दुइटै नदीको उद्गमस्थलसम्म पनि पुगेकी छे सो भन्दा उत्तर ऊ हिउँ र बिष -हावा पातलो हुँदा दम लाग्नूको कारण जान सक्तिन । यसै भू-भागमा कुना काप्चा खोला रोडा डाँडा-काँडामा ऊ घुम्दै रहन्छे ।

मानिसको भनाइ छ दीन दुःखी नन्दी उपर ग्राम्यबासी देवताहरूको ठूलो करुणा छ, यस कारण जब ऊ यी गर्खाहरूको सिमाना नाग्न खोज्छे । उसका आँखा पट्ट बुझन्िछन् आँखा नदेखेपछि उसले सिमानाबाट फर्किनुपर्ने हुन्छ । मानिसहरूको भनाई छ, यो यस कारण हुन्छ कि नन्दी यी सिमाना पारि गै हाली छे भने कसैले उसलाई फकाएर मुगलानतिर लगी बेची दिन सक्थ्यो र त्यहाँ उसलाई बेश्यावृत्ति गर्न बाध्यता पर्न सक्थ्यो होला । यसरी कुन्नि कुन कुन जातका पुरुषहरूसँग उसको सम्बन्ध -सर्म्पर्क हुन सक्थ्यो होला र ब्राम्हण कन्याका कुन्नि कति जन्महरू यसै पापको फल भोग्न ब्रि्रेर जान सक्थे होलान् । ग्रामबासी देउता निर्धाहरू माथि विशेष दया गर्ने हुनाले नन्दी यी गर्खाहरूभन्दा बाहिर जान सक्तिन अथवा जान खोज्दिन । जेहोस् नन्दी भने सोच्दछे कि आफ्ना भनाउँदा मानिसहरूको बीचमा त आफ्नो सत्य सुरक्षित राख्न यतिको गाह्रो पर्छ भने पराइहरूको बीचमा के होला । त्यसकारण ऊ उक्त सीमाहरू बाहिर खुट्टा राख्तिनथी -चलाउँदिन हाल्दिन ।

उसलाई राम्री भन्न सकिन्छ, बाटुलो अनुहार, पातुला गुलाबी ओँठ, हाँसी राखेका चञ्चले लाम्चा आँखा, ठीक्क मिलेको जीउ । उसको उन्मुक्त चौछल्लेपना र घुमन्ते बानी कुनै पनि कामुक पुरुषको लागि पर्याप्त आकर्षा हुनसक्छ । बेला मौकामा यस्ता आक्रमणकारी नरब्वाँसाहरूसँग जोगिनु त कहिले ऊ “मलाई त गर्मी -राजब्यथाको रोग छ, र्सला अनि थाहा पाउलास्” भनी फुत्किन्छे । उसको सबभन्दा ठूलो सहायक आङ्रा -चोलोको माथि गर्दननेर आई च्याई रहने सेतो दाग हुन्छ । केटाकेटीमा तातो दूधको छिटा परी यो दाग बसेको हो, तर ऊ आफ्नो असुरक्षित् अवस्थामा यसलाई देखाउँदै “हेर यो कोढको दाग हो, मसित लसपस गरिस् भने कोढिन्छस् अनि देख्लास् तेरा बाबूको बिहे” भन्छे र जब त्यो कामुक मान्छे पुच्छर लुकाएझैँ गरी भाग्छ, ऊ हाँस्छे खित्का छोडेर ।

ऊ बौलाई होइन । बढीमा उसका दिमागका पेच केही बढी कसिएका अथवा खुस्केका हुन सक्छन् । अलि असमान्य भने ऊ छे । असमान्य यस मानेमा कि वन जङ्गलमा कुनै पुरुष वा नारीले दोहरी गीतको कुनै टुक्रा गाएको सुन्नासाथ ऊ हातको गाँस हातैमा थामेर पनि जबाबी गीत गाइहाल्छे । कस्तै कचहरी -कछरीबीच बसेकी भएपनि ऊ गीतका जबाब दिहाल्छे ! आफूलाई रोक्न सक्तिन । यो उसको विवसता हो या व्रि्रोह उसलाई नै थाहा छ । यहाँ सामाजिक मर्यादा छ कि आइमाईहरू वनमा घाँसपात काट्ने बेला मात्र दोहरी गीत गाउँन पाउँछिन् अन्त कतै पनि पाउँदिनन् । नन्दी यस मर्यादालाई हाँक दिँदै गाइहाल्छे गाइरहन्छे । उसको कण्ठ साह्रै सुरिलो छ, उसले खुलेआम पुरुषहरूको भेलाबीच गाएको बेला आइमाईहरू झयालबाट लुकी-लुकी सुन्छिन् र मन्त्रमुग्ध भैं कठैबरी ! भन्छिन् । तर यसरी गीत सुनिराखेको बेला कुनै बयस्क पुरुषले पक्री हाले भने झट्ट “कस्ती लाज नभएकी बौलाई” भन्दै काम धन्दातिर लाग्ने उपक्रम गर्छिन् । यीबाहेक पनि ऊ लोग्नेमान्छेहरूले गरेको ठट्टा र व्यङ्ग्यको दर्ुइ हातमाथि भएर नै जवाफ दिन्छे उदाहरणार्थ- कसैले उसको सुडौल वक्ष उपर कटाक्ष गरेको खण्डमा “एकपल्ट चुसी हालन् त्यै उमेर त छ तेरो अझै होस फिर्या छैन” भन्दै खित्का छोडेर हाँस्छे, यही कारणहरूले उसलाई असमान्य भन्न मिल्छ होला ।

खेतीपाती काट्ने याममा अथवा सार्ने गोड्ने याममा नन्दीलाई कुनै समस्या पर्दैनथ्यो । मञ्जुरी नलिकन नै खाली दर्ुइछाकका भरमा खेतीपातीको काममा मद्दत गरी दिने भएकीले जताततै उसको स्वागत हुन्थ्यो । हो आरू फुल्ने र पाक्ने बेला अर्थात् चैत र साउनतिर भने केही समस्या पथ्र्यो । यी महिनाहरूमा गाउँघरमा धेरैजसो गाउँलेहरूसँग आफू खाने अन्न पनि हुँदैन, त्यस्ता घर धनीहरूलाई लज्जित पार्न ऊ उन्को दैलोमा जादिन्, ऊ सैकडा ५% जति खान लाउन पुग्ने घरहरूलाई चिन्दछे र त्यहाँ पुगिहाल्छे र उसको तिरष्कार भने हुँदैन । परिआएका काम सगाई दिन्छे र रातितिर मीठो भााषामा रतेडा भैन चाँचरी गाई लामालामा रातहरू बिताउन घरधनीहरूको मद्दत गर्छर्ेे ऊ घुमन्ते त छ नै यर्सथ केही रमाइला घटनाहरू पनि उसँग घटित हुन्छन् र ऊ निसङ्कोच सबैलाई सुनाउँछिन्- तीन चार वर्षअघिको एउटा हिउँदको साँझ सप्तशृङ्गको गोरेटोमा ऊ एक्लै हिँडिराखेकी थिई, एकजना पुरुष उल्लाई पछ्याउँदै आइपुग्यो, यसो हर्ेदा तल्लाघरी लुतै रहेछ । मितेरी साइनो पनि पर्ने भएको हुनाले ऊ ढुक्क भएकी थी तर लुते भने टन्न रक्सी पिएकोले मात लागी लरखराउँदै थियो । अब भयो प्रणयको याचना गर्दै लुट्पुटिन थाल्यो र हातपात गर्न पो तम्सियो । नन्दीको पालो लुतेलाई भर्ुइँमा पसारी मुखभरि घोडाको लिदी कोचेर दर्ुइ थप्पड हिर्काइ सरासर हिनि दिई । त्यत्तिले के पुग्थ्यो बौलाई नन्दीले यो कुरा आमबजार पनि गरिदिई । खेप्न नसकेर बिचरो लुते मुगलान पस्यो र हालसालमात्रै घर फर्केको छ । अब रक्सी प्युँदैन हातमा पैसा पनि छ र भलाद्मी पनि हुन खोज्छ, तर भेट हुनासाथ नन्दी “अहिले त भलाद्मी भइछस्, घास मात्र खाए त के हुन्थ्यो पेटमा पाकेको घाँसको क्वाँत मैले खुवाएकी हुँ । अनि पो सप्रेछस्” भन्दै हाँस्छे । यसैले विचरो लुते नन्दीले हिनेको बाटै हिँड्दैन र जम्काभेट भए पनि टाप कस्छ ।

गए जेठ महिनाको कुरो हो, एक साँझ ऊ उठेरै पण्डितको घरमा बस्न पुगेकी थिई, पण्डितले ठूलै भलाद्मी आइपुगेजस्तै गरी खानपानको स्वागत गर्यो । अलग्गै कोठामा बाक्लो ओछ्यान मिलाउँदै “तपाईंसँग मेरो छोरी पनि सुत्न आउनेछ भन्दै आफ्नी श्रीमती अहिले कि ताहेले ल्याउने भएकीले छोरीलाई समेत सुतकमा न डुबाउने कुरो गर्यो । रात बितेपछि धोती-चोलो लगाएको एक आकृति कोठामा पस्यो । बिचित्रको गन्ध त आएकै थियो उसले आफूसित सुत्न त दिई तर एकै छिनपछि उसलाई बुझन बेर लागेन कि त्यो छोरी नभएर बैंस पुगेको छोरो थियो । उसलाई कोरेर हर्ेदा त्यो त ठूटे पण्डित आफैँ पो देखापर्यो । बल्ल उसले ठुटेको आगत्-स्वागत र सट पढाटको अर्थ बुझी रिस रोक्न नसकी तथानाम् गाली गर्दै छेउमा पर्सर्ेेे आग्लोलाई ठुटेलाई बजार्न थाली । छर-छिमेकी जम्मा भए, गर्भिणी स्वास्नीले समेत प्याच्च थुकी । ठुटेको हर्ुमत् गयो र ऊ अब गर्खा छोडेर दर्ुइ दिन बास टाढाको खर्कमा बस्छ आफ्नो सम्पर्ूण्ा परिवारलाई लगेर । नन्दीले अब बत्तीस शिशिर पार गरेर सकेकी छे, जब कुनै बखत् हिंड्दा हिंड्दा अग्लो डाँडा बनेको धर्मशालामध्ये कुनै एकमा ऊ बास बस्छे त एक तमासले टाढा चारैतिरका घरहरूमा उज्यालो टल्किरहेको हेरिरहन्छे । साह्रै रमाइलो लाग्छ र उसलाई आफू केटाकेटी छँदाको बखत याद आउँछ ऊ सम्झन्छे कि उसको न्रि्रा खुल्ने बेला धेरैजसो भुकभुक उज्यालो भइराखेको हुन्थ्यो । कहिलेकाहीँ झयालबाट एकदर्ुइ धमिला तारा पनि देखा परिरहन्थ्यो । उसका पिताजी न बुझने भाषामा मीठो भाकामा केही गाइरहेका हुन्थे, फेरि शङ्ख घण्टको ध्वनि गुन्जायमान हुन्थ्यो र उसलाई साह्रै रमाइलो लाग्दथ्यो । ऊ ओछ्यानमै पल्टेर आनन्दले यी ध्वनिहरू आत्मसात् गरिराखेकी हुन्थी । अलि ठूली भएपछि पिताले पाटीमा लेखाए पढाएको पनि सम्झन थाली, अब ऊ साह्रै सबेरै उठेर पूजाको लागि फूल टिपी राख्ने र पञ्चपात्रमा पूजाको पानी राख्ने काम गर्थी । एक किसिमले यो काम उसकै जिम्मा थियो यो काम गरेपछि ऊ दिनहुँ ओछ्यानमा पसारिन्थी र पिताजीले गरेको स्तुतिपाठ र शङ्खध्वनि ओछ्यानमै पल्टिपल्टी आनन्दित भएर सुन्ने गर्थी ।

बाहुनकी कन्या १० वर्षो उमेरमा बिहे भो । केटाकेटीहरूले खेल गरेजस्तै एक दिनका लागि पोइलको घरमा बसी अर्कै दिन माइती घरमा नै फर्की त्यहीँ बसिरही । उसलाई आफ्नो लोग्नेको अनुहार पनि याद थिएन ऊ सुन्ने गर्थी उसको लोग्ने आर्मीमा भर्ना भएको छ ।” आर्मीको सुटबुटमा क्या राम्रो देखिन्छ, कही कुनै पोइले र माइतीहरू भन्थे नन्दी घ्रि्रो न्युर्राई लजाउँथी तर कहिले नदेखेको त्यस पल्टनेलुगा लगाएको मानिसप्रति भने उसलाई माया लाग्न थालिसकेको थियो । ऊ सोह्रवर्षा टेक्न थालेकी थिई कि पोइलबाट उसलाई बोलाउन मानिसहरू आए उसको लोग्ने पनि बिदामा भर्खर घर आइपुगेको खबर ल्याएर । बाबु र भाइहरूसँग बिछोड हुने पीर थियो नै आँसु पनि झरे नै तर मनमा एउटा कौतुहल बोकेर ऊ पोइल पुगी, सुहागरात मनाइयो तर अर्को दिन लोग्ने बिरामी पर्यो र धामी, ज्योतिष, बैद्य कहाँ धाउँदा-धाउँदै पनि तीन दिनको बिरामीपछि उसको लोग्ने मरिहाल्यो । नन्दीलाई सधैंको लागि अलच्छिना र हत्यारिणीको तक्मा भिडाएर । उसको लोग्ने मधेशबाट पहाडमा फर्केको थियो त्यो पनि जेठको महिनामा टन्टलापर्ूण्ा घाममा । यस्तो याममा मधेशबाट पहाड आए आठ-दस दिन अमिलो खानु हुन्न, सहवास गर्नु हुन्न अरू के के जाति संयम गर्नुपर्छ भन्ने गाउँघरमा भनाइ छ । नन्दीको लोग्नेले संयम राखेन, त्यसैले ज्रि्रो फाटी सन्निपात भएर ऊ मर्यो भने यसका लागि संसारभरिमा नन्दी बाहेक अरूको दोषी हुनसक्थ्यो । भर्खरको कलकलाउँदो बैंश र घरभरिका नगद कमाउने एक मात्र युवकको मृत्युको घरपरिवारका लागि जति बढी दुःखदायक थियो पर्दथ्यो, घर परिवारको दृष्टिमा नन्दीको अपराध त्यत्तिकै बढी ठहरिन जान्थ्यो ।

नन्दीले माइती घर गई आफ्ना बाबुका आजापूजाका लागि फूल टिप्न र सानोभाइको सयार गरी दिने कल्पना नगरेकी होइन, यसले उसको पीडा पनि कम हुनसक्थ्यो होला । तर सासु र जेठाज्यूले छोड्न मानेनन् । आखिर भाँडा मस्काउने, घास काट्ने, पानी भर्ने, जातरी-ओखली गर्ने अर्थात् सबेरैदेखि राति अबेरसम्म काममा जोतिने र पेटभरि खाना नदिए पनि हुने खालको जन्तुकहाँ फेला पथ्र्यो । यसैमा थप यदाकदा अलच्छिनी, पोइटोका भनी अरूमाथि उठेको रिस पनि खन्याई मन हलुगो पनि हुने अलभ्य जीवस पनि कहाँ पाई ल्याउन सकिन्थ्यो नन्दीले बाबुको मुखबाट स्वस्थानीकी चन्द्रावतीले बालुवामा गडिन परेको कथा, द्रौपदीले झनै निर्वस्त्र हुनुपरेको र जम्मै छोराहरू गुमाउन परेको कथा सुनेकी थी । दमयन्तीको कथाका केही अंश ऊ जान्दथी भने सीताको कथा त उसलाई कण्ठै नै थियो । अतः ऊ बाँचेकी नै थिई अनुभूति र भावविहीन मेसिनजस्तै ।

सबै सुतिसकेपछि पनि गाईगोरुलाई घाँस-पराल हाली भाडाकुँडा मस्काइसक्दा आधारात गइसकेको हुन्थ्यो । सुत्ने कोठामा पस्ना साथ आग्लो हाली पल्टिन्थी । धन्य न्रि्रादेवी दाइने थिइन् र ऊ भुसुक्क निदाउँथी । यता केही दिनदेखि उसको ढोका कसैले ढक्ढकाएजस्तो लाग्न थालेको थियो “को हो हाँ” अर्धन्रि्रामा ऊ नै कराउँथी । छेउको कोठाबाट उसकी सासु “के भो मेरी लच्छिनक्वारीलाई” खोक्दै भन्दथी र त्यो खटपट बन्द हुन्थ्यो । त्यसदिन उसको लोग्नेको ४५ दिनको क्रिया कर्म थियो । सासुको आज्ञानुसार न्वाइ-धोई बसेकी थी । अलि ढिली तर एकपल्ट मात्र खाना खाने परिपाटी भएकोले भोजका भाडाहरू मस्काई चाँडै ऊ पनि सुत्न गएकी थी । आज भने न्रि्रा परिराखेको थिएन, घरिघरि लोग्नेको अनुहार सम्झनामा आई आँसु टलबलाउन थालेका थिए । एक्कासि उसलाई कोठामा कोही अरू भएजस्तो लाग्यो । आग्लो त उसले लगाएकी नै हो, सायद कोही ऊ अघिदेखि नै कोठामा लुकी-ढुकी बसेको थियो क्यारे । हत्तारिएर उठ्न बट्टएिकै थिई कि उसको मुखच्यापी एउटा बलिस्ट पुरुषले उसको बैधव्यको सत्य बिगारी दिएको थियो । नन्दीले त्यस अन्धकारमा पनि कुकर्मीलाई चिनी हाली । पुरुषको शरीर अथवा लुगाबाट एउटा विशेष किसिमको छुट्टा-छुट्टै गन्ध निस्किन्छ र स्त्रीले त्यसलाई सहजै छुट्याउन सक्छिन् । नन्दीले छुट्याई हाल्यो कि त्यो पापी अरू कोही नभएर निधारभरि चन्दन थुपार्ने देउताको पुजारी कहलिने उसको आफ्नै जेठाजू हो । त्यस हुतीहाराको लुगा धुन पर्दा अथवा उसको छेउबाट यताउता जानु पर्दा यस गन्धसित ऊ परिचित भइसकेकी थिई । त्यसै ब्यान्नली परदेखि ऊ घरबाट निस्केकी थिई र अब फेरकल्ली भएर घुम्दैछे ।

वैशाख महिनाको अन्तदेखिन र जेठको आधीसम्म तर्राईतिरबाट र्सर्किदै गएको वसन्त अब आएर पहाडतिर पुगी । म डेरा हाल्द छ नन्दी डुल्दै आफ्नो लोग्नेको गाउँको धर्मशालामा आइपुगी, के सूर चढ्यो कुन्नि ! ऊ धर्मशालाको सरसफाई र घेर-पर्खाल लाउने कामको थालनी गर्न थाली । धर्मशाला गोरेटोको नजिकै भए पनि गाउँहरू अलिक परै थियो । छिमेकी भनेको एउटा अनिवाल थियो जो तर्राईबाट आफ्नो भेडाको बथान ब्यास लैजाने क्रममा केही दिनको लागि यहाँ डेरा गरिबसेको थियो, ऊ आफ्नो ठूलो हँसियाले रूखका पालुवाहरू काट्दै भेडाहरूलाई ख्वाउँथ्यो । गोठालो र भेंडाहरू दुवैथरिलाई रमाएको देख्ता “निकै दिन बस्छ कि क्या हो” नन्दी मनमनै सोच्ने गर्थी । बिहान उठी छेउ-छाउका गाउँहरूमा गई नन्दी ढोक सलाम गरी ढुङ्गा खसाल्दिन र चिनाई गरी दिने केही गाउँलेहरूलाई ल्याई हाल्दथी र उतैबाट ल्याएको गहुँ जौको पीठो मिची रोटी पकाइ खाने गर्थी । ठीक १५ वर्षपहिले यसै महिनामा त हो ऊ बाहुनी भई लाउँदा यसै धर्मशालाको पटाङ्गिनीमा उसले फगत् एकचोटि मात्र आफ्नो लोग्नेलाई देखेकी र छोएकी थिई । हुनसक्छ जुन चित्तवृत्तिले गर्दा शाहजहाँले मलिका मुमताजको सम्झनामा ताजमहल बनाएको थियो त्यसै चित्तवृत्तिबाट प्रेरित भई ऊ पनि यस धर्मशालाको मर्मत् सम्भार गरिराखेकी थिई होला । उसप्रतिको करूणाजन्य मायाले गाउँलेहरू निकै सङ्ख्यामा आएर यस काममा उसलाई सघाइरहेका थिए । केही दिनपछि उसको जेठाजू पण्डित पवित्रनाथ पनि आउन थाल्यो । उसलाई देख्नेबित्तिकै पहिले-पहिले त नन्दी मुख फर्काइ थुक्ने गर्थी, तर के सम्झेर हो पछिपछि जेठाजूले केही कुरा सोधी हाल्यो भने जवाफसम्म दिने घृणाभाव नदेखाउने गर्न थाली ।

र् धर्मशाला मर्मतको काम लगभग सिध्दिसकेको थियो । वैशाख जेठको मसान्त झल पर्ने आँटेको थियो नन्दीको जेठाजू खीर, दही र आलुको तरकारी बोकी आई । नन्दीलाई खान भनी दिँदा “पछि खाउली” जस्ती गरी नन्दीले परिकार थन्क्याई । कुरै-कुरामा जेठाजूले नजिक र्सर्दै नन्दीको हात समात्यो । नन्दीले हात झट्काइन्, “एकैछिनमा आउँछु” भनी ऊ बाहिर निस्किँदै सोमा नै अनेवाल कहाँ पुगी, अनि वालको ठूलो हँसिया मागेर ल्याई र जेठाजू पण्डित पवित्रनाथको गर्दन ताकेर हानी उसलाई ढाली दिई हाली । नन्दी कतै नभागी बसिरही, उसको अनुहारमा न कुनै भय थियो न दुःख र पछुतो । पुलिसले हतकडी पहिराउने बेला पनि ऊ एकदमै शान्त थी मानौँ कि “म यत्तिका वर्षडुल्दा-डुल्दा धेरै थाकिसकेकी छु अब जहाँ बसाली दिन्छौ मजाले बस्छु” भनी राखेकी होस् ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.