बाल गजल : केटाकेटीका प्रश्न

~बिष्णुमाया बिभु~bishnumaya-adhikari-bibhu

त्यो जुन यो घाम कसले बनायो आमा?
भगवान शिब राम कसले बनायो आमा?

मेचीदेखि महाकाली सम्मै हो भन्छन्!
यो देश यो गाम कसले बनायो आमा?

मर्ने हुन् कि हजुरआमा बाटैमा लौन!
यो बन्द यो जाम कसले बनायो आमा?

विश्वास घात हुन्छ रे यहाँ दिनरात
जालझेल छलछाम कसले बनायो आमा

भन्छेउ पैसाकैलागि सब नराम्रो भैरहेछ!
यो दुख यो दाम कसले बनायो आमा?

सुन्दर शान्त बिशाल बुद्ध भूमि नेपाल
मेरो देशलाई बदनाम कसले बनायो आमा?

बिष्णुमाया बिभु
अध्यक्ष
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नर्बे (अनेसास नर्बे)
ठेगाना: कावासोती नवलपरासी
हाल: बोडो नर्बे

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in बाल गजल and tagged . Bookmark the permalink.

1 Response to बाल गजल : केटाकेटीका प्रश्न

  1. Barun Poudel says:

    Excellent creation

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.