~बाबुराम पन्थी ‘गुल्मेली’~
हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो
उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो
गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन
पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन
देख्दछु गगन चुम्वी महल प्रदेशमा अनी सुन्दर बगैचा पनी
आँखाँले खोजीरहन्छ तिमीलाई वरी परी पाँउदिन कतै पनी
कसम रमेको छैन यो मन प्रदेशमा बाध्यतामा अल्झेको छु
मर्दले आँशु देखाउन मिल्दैन रे याँहा एकान्त मैं पिएको छु
प्यारो थियो खरको झुपडी ढिक कान्ला र भिर पाखा हरू
फर्केर जान नपरोस प्रदेशमा दु:ख सुख गाँउमै गरौला बरू
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )