~प्रद्मुम्न जोशी~
कसैले पनि तिम्राे बाबा कहिले अाउनुहुन्छ भनेर
नसाेधिदिए हुन्थ्याे
हरेक दिन हरेक पल
म याे प्रश्न अाफैसंग साेधीरहेकाे हुन्छु
अनि, जवाफमा अाँसु बाहेक
मसंग कुनै उत्तर हुँदैन,
बाबा खाेज्न हामी कुन निकायमा पुगेनाै
कुन कायर्लयकाे ढाेका ढकढक्याएनाैँ
सहयाेग गराैँला भन्ने त धेरै भेटिए
तर,बाबा भेटिए कसैले भनेनन् ।
कसैले बाेलाए भने बाबा नै हाे की झै लाग्ने
काेही अाए पनि बाबाकै समाचार ल्याए झैँ लाग्ने
कहिलेकाँही बाबाकाे फाेटाेसंग साेध्ने गर्छु
बाबा ! तपाँइ कहिले अाउने ?
कहिलेकाँही बाटाेमा हिडनेलार्इ पनि साेध्छु
तपाँर्इलार्इ थाह छ ,मेराे बाबा कहिले अाउनु हुन्छ ?
बाबा ! तपाँइकाे हात समातेर हिडने
पसलमागएर चकलेट।बिस्कुट किन्ने
रहर पुगेकाे छैन मलार्इ
बाबा ! तपाँर्इ अाउनु अघि कुनै दशैँ तिहार नअाअाेस्
तपाँर्इ अाउनु अघि कुनै साँझ नपराेस्
किनभने ,हरेक साँझ तपाँर्इकाे यादले बहकिन्छु
बहिनीलार्इ अँगाल्दै उसकाे शिरमा अाँसु चुहाउछु ।
बाबा !हामीले ममी गुमायाैँ
तर तपाँर्इकाे मायाले भुलेका थियाैँ
अाज हामी बेघर भभयाैँ
निरीह टुहुरा भयाैँ ।
बाबा ! तपाँर्इ नफर्केकाे पिरले
हजुरबाले संसार छाेडनु भयाे
भाेली हजुरअामा अाज हाे कि भालि
अब म र बहिनी बाहेक
यस संसारमा अाफनाे भन्ने काेही रहेन
बाबा ! भन्नुस न तपाँर्इ कहिले अाउनु हुन्छ ?
१०८ अाैँ लक्ष्मीजयन्तिका अबसरमा त्रिमुर्ती निकेतनद्वारा अायाेजित लक्ष्मीप्रसाद देवकाेटाकाे कानमा वाचन गरिएकाे कविता ।