~सन्तोष चिमरिया~
“उसलाई सामान्य सोधपुछ होला भन्ने ठानेको थिए । तर प्रहरीहरु बडो क्रूर र आक्रमक भएर भोको सिकारी झै प्रस्तुत भए । बिना पक्राउ पुर्जी र सामन्य सोधपुछ सम्म नगरी उसको हात पछाडी बाँधियो र एकैपटक क्याफेको मार्बल टेबलमा उसको टाउको जोरले बजारियो । यो दृश्य हेर्न र सहन नसकेर मैले प्रहरीलाई उसलाई बाहिर लैजान भने । अनि उनिहरुले खालिदलाई अमानवीय तरिकाले घिसार्दै र पिट्दै लिएर गए । लिएर जाने क्रममा बाटोका रेलिङ र बिजुलीका पोलहरुमा बारम्बार उसको टाउको क्रूरतापुर्बक बजारियो । यो बिचमा उ मरिसकेको थियो तर प्रहरीहरुले लासलाई पनि कुट्न र बजार्न छोडेनन । यसरी एउटा निहत्था नौजवान नागरिक राज्यले नियन्त्रणमा लिने क्रममा सार्बजनिक स्थानमै मारियो र उ राज्यको नियन्त्रणबाट जिउँदो फर्किन पाएन ………”
हसन मोस्बा , क्याफे संचालक । अलेकजेन्ड्रीया इजिप्ट ।
सन २०१० जुन ६ तारीखको दिन इजिप्सियन युबक खालीद सहिद एउटा साइबर क्याफेमा थिए । अचानक प्रहरी आएर उनलाई हिरासतमा लियो । हिरासतमा लिने क्रममा उनलाई क्रुरतापुर्बक कुटियो । लात र लाठिले मात्रै नपुगेर उनको टाउको भित्तोमा यसरी निर्दयीतापुर्बक बजारियो कि देख्नेहरुको आङ सिरिङ भयो । मृत्यु त उसको नियन्त्रणमा लिने क्रममै भएको थियो तर पछि उनले हिरासतमा ज्याकेट निल्न खोज्दा निश्वासिएर मरेको भन्ने हास्यास्पद दाबी सरकारले गर्यो ।
त्यो बेला होस्नी मुबारक इजिप्टका राष्ट्रपति थिए । तानाशाही शासनमा एउटा नागरिक प्रहरी हिरासतमा मारिनुले धेरै महत्त्व राख्दैनथ्यो । त्यसैले सधैं झै राज्य संयन्त्रले यसलाई विशेष घट्ना मानेन । औपचारिकता पुर्बक उसको पोष्टमोर्टम गरियो र मुर्दाघरमा परिवारलाई शब पहिचान गर्न र जिम्मा लिन बोलाईयो । तर राज्यको क्रूर दमनको साक्षी भएको उसको बीभत्स लासको फोटो उनका दाजुले लिए र त्यसलाई सामाजिक संजाल फेसबुक र टुईटर मार्फत सार्बजनिक गरिदिए ।
“We all are”, khalid said .
यसरी राज्यको चरम ज्याजतीको प्रमाणस्वरुप सार्बजनिक भएको फोटो देख्नेहरु मध्यका एक थिए गुगलका मार्केटिङ एग्ज्युकेटिभ वाईल घोमिन । उनले खालिदको सम्झनमा we all are khalid said भन्ने पेज निर्माण गरे । जसले लाखौं फलोअर्सहरुलाई आकर्षित गर्यो र इजिप्टका असन्तुष्टहरुको सबैभन्दा ठूलो हतियार बन्यो । सामाजिक संजाल प्रयोगकर्ताहरुले आफ्नो प्रोफाईलमा खालिदको बीभत्स लासको फोटो राखे । यो घट्नाले यति ठूलो तंरग ल्याई दियो कि सन २०११ जनवरी २५ तारिख होस्नी मुबारक इजिप्टको सत्ताबाट बर्खास्त भए ।
माथीका दुई महत्वोपुर्ण घटनाहरु पुरानो शासकीय चरीत्र र नवीन सामाजिक चरीत्र बिचको द्वन्द्वको पहिलो उदाहरण थियो । शासकीय चरीत्र नियमित र अपेक्षित थियो , तर सामाजिक चरीत्र आकस्मिक रुपले परिवर्तन भैसकेको थियो । समाजले “डिलिटल्ली” फडको मरि रहदा हैसियत नभएका जन साधारणको आवाज र असन्तुष्टि इतिहासमा सबैभन्दा बढी संगठित भएर मुखर भएको थियो । जसले अठ्ठाईस बर्ष देखि शासन गरिरहेका होस्नी मुबारकलाई छ महिनामा सत्ताच्युत मात्रै गरेन , सिगों अरबमा राजनैतिक, आर्थिक र सामाजिक उथलपुथल निम्त्यायो ।
सामाजिक संजाल आजको वास्तविक हो । यसलाई निषेध र नियत्रण गर्न खोज्नेलाई इजिप्टको घटना महत्त्वपूर्ण पाठ हुनसक्छ । जनमतसंग्रह मार्फत ९७ प्रतिशत द्वारा अनुमोदनको नाटक गर्ने होस्नी मुबारक जस्ता तानाशाह हुन अथवा बैधानिक जनमतबाट प्रधानमन्त्री चुनिएका पुष्पकमल दाहाल हुन , उनिहरुले जनता ५ बर्षमा एकपटक भोट हालेर चुपचाप बस्नुपर्छ भन्ने पुरानो शासकीय मानसिकता त्याग्नुपर्छ । आजको नागरिकले राज्यका दैनिक कार्यब्यापारलाई सुक्ष्म निगरानीमा राखेको हुन्छ । आजको नागरिक समाचार पढेर ” देश बर्बाद भयो ” भनेर मात्रै बस्दैन । उसले तत्काल प्रतिक्रिया जनाउछ । उ सामाजिक बिषयमा बोल्छ । आर्थिक बिषयमा बोल्छ । बिदेशनितिका बिषयमा बोल्छ । यहाँसम्म कि निजि र परिवारीक बिषयमा पनि बोल्छ । उसलाई ढाटेर, गुमराहमा राखेर हिजोको जस्तो शासन गर्न चाहनेहरु इतिहासमा थन्किने छ्न । दलाई लामाको प्रतिनिधिसंग मचं सेयर गरेर , हैन हैन भन्दै पन्छिने शासकीय युगको अब अन्त्य भैसकेको छ ।
सन्तोष चिमरिया ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)