~मसान उपासक~
प्रेम भए जस्ताे हात थमाए जस्तो
के हुदैछ यहाँ बित्थामा रमाए जस्तो
चिच्याएछु तिमी साथ छाै भनेर चिच्याएछु
लाग्दाे हाे यी रुखलाई पनि बर्बराए जस्तो
अागाेसग पानी मिलिराछन् अचम्म भाे
हामी दुईले यसरि पिरति लगाए जस्तो
सारा देश बगिरहेछ पहाड खसेपछि
अनाैठाे भान हुदैछ बाटाे बिराए जस्ताे
शान्त , सुन्दर , बिशाल देश हाे भनेर
पढाउदा लाग्छ हरदिन झुट पढाएजस्ताे
छतिवन-५, मकवानपुर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)