~सुशीला देउजा~
लामो समयपछि विदेशबाट आएका रमेश गाउँ पुगे । चारैतिर हेर्दै रमाइलो मानी उनी घरतिर जाँदै थिए । खलोमा धान त्यतिकै थुपारिएको थियो । धान उठाउने त्यहाँ कोही थिएनन । धेरै जसो घरमा ताल्चा मारिएको थिएन । आँगनमा झेका भाँडासहित अरु सामानहरु त्यतिकै छरपस्ट थिए । उनलाई यो गाउँ मानव वस्ती हैन, एउटा सुनसान नगरी जस्तो लाग्यो ।
हिँडदै जाँदा टाढैबाट आफ्नो घर देखे । खुसीले मुटुको धडकन तेज बन्यो । घरमा सबै जनालाई म आउँदै छु भन्ने पक्कै थाहा भइसक्यो । मेरो बाटो हेर्दै होलान । हतारिएको मन, घर कहिले पुगुँ जस्तो भयो । पुरानै भए पनि मर्मत ्गरिएको घर अलि फरक र राम्रो लाग्यो । खुसी खुसी घर पुगेँ । आश्चर्य यहाँ पनि त्यही हालत थियो । आँगनमा भाँडाकुँडा अरु सामानहरु छरपस्ट थिए । ढोका पनि ढप्काएको मात्र थियो । घर भित्र कोही छैनन जस्तो लाग्यो । यताउति हेर्दै थिएँ । यत्तिकैमा भाइ गोरू डो¥याउँदै आइपुग्यो । खेत जोत्न गएको रहेछ क्यारे । दाइलाई देखेर भाइले खुसी हुँदै ढोग्यो र भन्यो ‘घरका अरु सदस्यहरु खेतबाट आउँदै छन ’ । दुवै जना सुस्ताउँदै गई फलैँचामा बसे र निकै बेर भलाकुसारी गरे ।
त्यसैबीच दाइले सोधे ‘किन भाइ घरमा ताल्चा पनि नमारी गएछौ ? चोर पसेको भए नि’ ? भाइले निस्फिक्रीसँग भन्यो ‘आ दाइ अब यस्ता सामान कसले चोर्छ र चिन्ता लिनु । आज भोलि सात दिनसम्म घर यत्तिकै छोडयो भने पनि ्यताको माल उता हुँदैन’ । ‘अहो सत्य युग पो आए छ कि क्या हो । यस्ता इमानदार भएछन गाउँवासी’ ? भाइले भन्यो ‘ केको इमानदार हुनु र दाइ । चोर्ने ्सामान पो फरक परेको । अर्थात चोर्नेहरुको स्तर बढेको हो नि !’ । ‘हँ के ्भनेको मैले त बुझिन नि’ । भाइले भन्यो ‘आज भोलि बोक्न नसक्ने यस्ता ठला ूठला सामान भाँडाकुँडा, धानचामल, लुगाफाटा कसले चोर्छ र ? यस्ता सामानमा त उनीहरुको ध्यानै जाँदैन, हेर्दा पनि हेर्दैनन । साना गहकिला सामानमा मात्र ध्यान जान्छ । बोक्न पनि सजिलो पैसा पनि धेरै आउने । भलादमी चोरहरु चट्ट सानो ब्याग बोकी आउँछन । ब्यागमा राख्न मिल्ने सामान मात्र लिएर जान्छन । अरु सामानलाई छुँदा पनि छुँदैनन’ ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका वर्ष–६ पूर्णङक–२५ २०७० असार–साउन – लघुकथा बिशेष)