मुक्तक : रङ्गियो

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

बार रङ्गाई त्यो मोरी कालीले
गाउँ रङ्गाए ती साला सालीले
ए लाटो केरा हेर्‍या हेर्‍यै…….
फेसबुक रङ्गियो वाला वालीले!

माछा फेरिए ताल उही छ
मान्छे फेरिए ताल उही छ
क्रान्तिको बातै नगर सानू,
मादल नौलो ताल उही छ!

पत्त्यायौ,भातले नपत्त्याएको भातेलाई
पत्त्यायौ,सडकले लत्त्याएको खातेलाई
सधैं अनुत्तरित रह्यो आफ्नै सराङ्गे पेट
हिजो ‘रूची’आज कुन खुसीमा ‘वाई वाई’?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.