कविता : एक सपना देख्याँ

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

बीस वर्षका उमेरमा
गोरखा राज्यका अभिभारा काँधमा बोक्याँ
जता हेर्योँ उतै लड्याका,
भत्क्याका दारुण अवस्था देख्याँ
टुक्राटाक्री सबैलाई जोडजाम गर्न्या
र सुन्दर शान्त विशाल देश बनाउन्याँ
एक सपना देख्याँ
।।१।।

गोरखनाथ बाबाको आशीर्वाद
औ गजवीर–भाइभारदार र दुनियाँदारको
सद्भाव बटुल्याँ,
र, जीवनभर यही देश बनाउन्याँ
अभिछिन्न अभियानमा जुट्याँ
।।२।।

कीर्तिपुर युद्धमा भाइ दलमर्दन
काजी कालु पाण्डे मर्याल,
शूरप्रतापका आँखा फुटाया
मेरा कालगति रह्याछ र बहुत मुस्किलले बच्याँ –;
।।३।।

यो देश उसबखतका दुनियाँदार
गजवीर–भाइभारदार औ मेरा जीवनभरका
त्याग/तपस्या र बलिदानका परिणाम हो भन्या
छोटा/बडा सबैका चेतना भन्याँ
नभन्यर्ाँता भारी अपराध लाग्न्याँ
।।४।।

उम्य्राका–खुम्य्राका आज सबका सब भाषण छाँटन्याँ
काभन्दा कौन्याँ केही नगन्याँ
उद्योग कलकारखाना भत्काउन्याँ/लडौन्याँ–डढाउन्याँ
देश भत्काउन्याँ र बाँड्न्याँ हल्ला चुटन्याँ
बाँड्न्याँता बाँड्न्याँ–कसका देश बाँड्न्याँ?
क्या –; तम्रा–हाम्रा खप्पर बाँड्न्याँ?
पुस्तक च्यात्न्याँ/पुल भत्काउन्याँ
थोत्रा क्रान्तिका भ्रान्ति फैलाउन्याँ
क्या –; यही कुकर्मका उन्नति मान्याँ?
।।५।।

आफ्नो देशको धर्म–भाषा–भेष
कला–साहित्य र संस्कृति नाशन्याँ,
परचक्रीलाई पोसन्या/स्वदेशको टाट उल्टाउन्याँ
दुनियाँदारको लडौन्याँ/अकालमा मान्याँ
पराईको रिसवत लिन्याँ–खान्याँ
नेपाल–नेपालको सर्वनाश र घरङघाट पान्याँ
अनि क्या –; यही दिवालिया तालले
नयाँ नेपाल बन्याँ–बनाउन्याँ?
।।६।।

वर्तमानका यी सबै विडम्बना देख्याँका
गण्डकी कोसीझैं यसैत्यसै मन रुन्याँ
पृथ्वीनारायणका शोषक भन्याँ,
सामन्त/विस्तारवादी मान्याँ
देश र दुनियाँका खातिर कौन्याँ केही नगन्याँ
मलाई भलिभाँती गालीगलौज
अपमान गन्याँ त गन्याँ
बुद्धि–विवेकका आँखा घैंटामा खाँदन्याँता म क्यागन्यर्ाँ
तम्रा– हाम्रा विगत र वर्तमान छर्लङ्ग हुन्याँ
बड्ता क्या –; भन्याँ!
।।७।।

देश सबैको साझा फूलबारी मान्याँ
नेपाल र नेपालीको कल्याण यसैमा हुन्याँ
बूढा मर्याा भाषा सर्यास,
आखेट बाँड्न्याँझैं जाति–जातिका नाममा
मुलुक नबाँड्न्याँ
मूर्खतापूर्ण भूल गर्न्याता एकमुष्ट सर्वनाश हुन्याँ
उद्यम् गर्न्या उद्यम्, वृहस्पति जान्याँ
मङ्गलग्रह पहिल्याउन्याँ,
नेपाल–नेपालीको यश र कीर्ति
संसारभर फैलाउन्याँ
बुद्धिमानी यसैमा हुन्याँ,
भक्कुको राँगोझैं
चण्ड/मुण्ड र उद्दण्ड नहुन्याँ
हुन्याँ त हुन्याँ/आफैं गुल्टन्याँ देश पल्टन्याँ
।।८।।

समयले सबैको लेखाजोखा राख्न्याँ
नाफा/नोक्सान तौलीतौली भन्याँ
नयाँ नेपाल/सयाँ नेपालका बकबास छाड्न्याँ
भएका नेपालका बेहाल र बर्बाद नपान्य
संसारमै नहुन्याँ नयाँ नेपाल कहाँ खोज्न्याँ?
भ्रम पाल्न्याँ र भ्रम फैलाउन्याँता
देश र दुनियाँका वैरी हुन्याँ
कुरा बुझ्न्याँ कुरा,
सबै जातको फूलबारी हो नेपाल
सबैलाई सधैं चेतना भया!
।।९।।

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.