छोक : अनुभूति

~महेश रेग्मी~

प्रकृति यात्रामा मौन पहाडलाई सुम्सुम्याएर हिडेँ
अनुभूतिको आकाशलाई टोलाएर/बोलाएर हिडेँ
साम्राज्यको सूर्यलाई हेरेँ
पहाडहरूको प्रतिक्रिया खलबलिरहेछ
हेर्दै-हिँड्दै जाँदा
सगरमाथा नाङ्गो देखेँ
प्रकृतिले एकधस्रो अस्मिता देऊ भन्छ- सगरमाथालाई
प्रकृतिको चित्कार छ- मान्छेलाई
मान्छेको चित्कार छ- मान्छेलाई

तानसेन-महेलधारा टोल १/२८
हाल : काठमाडौं ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.