कथा : धन्यबाद ! ग्लाभ्स्को ..

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

The Jarvy Café को बार्दली बाट देखीएको एउटा अराजक सहर ।

म लामो कोरीडर हुदै उसको ढोका सम्म पुगेको थिए । डोर बेल थिचेपछी उ स्वागतार्थ ढोका छेउमा उभीन आईपुगेको थियो । छोटो छोटो दारी, कसीलो छाती, हल्का खैरो आँखा । एउटा रवाफीलो व्यक्तित्व मेरो सामु उभीएको छ । हामीले ह्याण्ड सेक गर्यौ । म भित्र बोलाईए ।

‘तपाईलाई स्वागत छ Jarvy Café मा’ । उसले भन्यो ।

‘धन्यबाद’–म उसको पछी पछी लागे ।

उसले एकदीन सोधेको थियो । ‘रुमन जि यो कोठाको भाबना अनुसारको नाम राख्नु पर्यो । तपाईको सल्लाहा चहान्छु’ ।

‘Jarvy, The Jarvy Café’ । मैले बिना सोचाई नाम भनेको थिँए ।

Wonderful– उसले भन्यो ।

त्यसो भए हामी यसलाई Jarvy Café भन्न सक्छै ? मैले सोधेको थिँए ।

अबश्य, The Jarvy Café । एउटा कलाकारको यो खुला Magazine त हुन सक्छ ।

नयाँ नामाकरण गरेको कोठामा बसेर हामीले उसले लेराएको french whiskey पियौं । मैले उसको कलाकारीताको बयान गरेको थिए । उ सधै हाँसीरहन रुचाउने कलाकार हो । उसले बोलेको अंग्रेजी त्यती प्रष्ट हुँदैन थिए त्यसैले उ प्राय म संग फ्रेन्चमै कुराकानी गर्न रुचाउँथ्यो ।

त्यसपछी पनी म यहाँ धेरै चोटी आईसकेको छु । उसले राख्ने गरेको दिवा भोज, रात्री भोज या त नयाँ पेन्टीङ देखाउन बोलाउँदा उसले मलाई आमन्त्रण गरीरहन्छ ।

आज के देखाउँनु हुन्छ ? मैले फ्रेन्च आँखामा हेरे ।

यो क्याफे हो तर Café होईन । यहाँ न त वईटर हरु छन् न त स्वादिष्ट खानाको लागी बिल बुझाउनु पर्ने छ । तपाईले खाली धन्यबाद भन्नु भए हुन्छ । यो फेन्च चित्रकारको कोठा हो । ग्लाभ्स्को ले गत बर्ष यो फ्ल्याट किनेको थियो । यो एउटा सफेद कोठा हो । चित्रकार को कोठा । हामी अहीले उसको कोठामा छौं ।

कोठामा भित्ताहरु अबश्य हुन्छन् । ति भित्ताहरु एक्रेलीक पेन्टीङहरुले सजाईएका छन् । जहाँ एउटा चित्रकारको जिबनको रङहरु देख्न सकीन्छ । नोस्टालजिक अनुभुतीहरुले प्रत्येक भित्ताको सौन्दर्य बडाएको छ । म हरेक पटक यहाँ आउँदा फरक अनुभब गर्छु । जिबन यर्थाथ संग परिचीत भए झै लाग्छ । चित्रको सिम्फोनी तरङ्गहरु बाट । Shameless म जार्भि क्याफेको कालो/कैलो भुवादार सोफामा लापरबाही पाराले ढल्छु र ग्लाभ्स्को अनुहारमा हेर्दै पहीलो चुरोट सल्काउँछु । उसले आज पनी केही नयाँ कुरा भन्ने छ भन्ने आशामा म उसको अनुहारमा हेर्छु । साच्चीकै म उसलाई अनुमती दीईरहेको हुन्छु । भ्लादीम ग्लाभस्को फ्रेन्च हो । उसको प्रथम बसन्तहरु Gargilesse मा बितेको हो । उसको पहीलो पेन्टीङहरु सायद त्यही Romantic Village मा बने होलान् । उ त्यसलाई कलाकारको गाँउ भन्न रुचाउँछ । Sculptural/ wood-crafter/leather-crafter/painters/poets सबैको सानिध्यमा रहेको एउटा गाँउ । त्यसैको फलस्वरुप उ आफु कालाकार भएको भन्छ । कालो कफी लिएर ग्लाभ्स्को कोठा भित्र छिर्यो । उसलाई थाहा छ मलाई कालो कफी मन पर्छ । औधी मन पर्छ । उ पारम्पारीक फौजी टोपीमा मेरो अगाडी बसेको छ । मलाई थाहा छैन उ impressionist कलाकार हो या होईन । म उसले नबुझाई उसका पेन्टीङहरु कहीले पनी बुझ्दीन । उसका अधीकाशं पेन्टीङहरु मृत्यु संग सम्बन्धीत हुन्छन् । यौन र प्रेम सम्बन्धी paintings निकै कम झुन्डीएका छन् उसको Stone wall मा । उ अहीले मेरो सहरमा छ । मलाई लाग्ने chaotic सिटीमा । उसलाई यो सहर अभुतर्पुब लाग्छ रे । अनी म जस्ता अनेकन अभुतर्पुब मानब दर्शक ।

‘Butter and egg fly’ – यो नायाँ हो । उसले पेन्टीङलाई देखायो ।

सायद dysphoria मा कोरीएको चित्र । अस्वस्थताको भाबनामा बनाईएको चित्र । मैले चित्रलाई हेरे र भाबुक बन्नु पर्ने कारणहरु खोजेँ । Oil painting । पुर्ण कदकी एउटाी नग्न स्त्री । प्राए उसको कोठामा स्त्रीको आवात जावत निकै कम देखीन्छ । उ अन्तर्मुखी स्वभाबको छ । उसको आईमाई साथीहरु बिलकुल छैनन रे । तर उसको चित्रहरुमा गौड रुपमा आएको नारीमय चेतनाले गर्दा मलाई लाग्छ उ कुनै जमाना मा प्रेमी थियो । चित्रमा एउटी नग्न स्त्री couch मा लम्पसार परेर सुतेकी छ । बिलकुल सहबास पछीको भाबना बोकेको थकीत अनुहार । सवा ईन्च गोलाईका areola ले स्तन को आकर्षण बडाएका छन् । युरोपेली निखारको सौन्दर्यता । नग्न सौन्दर्यता ।

‘मलाई यो सहर पनी न्युड लाग्छ’ । चित्रकारले भन्यो ।

‘साच्चै तपाईको चीत्रहरु उत्कृष्ट देखीन्छन्’ । मैले उसको कुरालाई ध्यान दिएनछु । मैले सायद अन्तीम मा याद गरे ।

‘महाशय मलाई माफ गर्नु होला’ । मैले आफुलाई सच्चाउन खोजे ।

चित्रकार आफ्नो oil painting को छेउमा उभीएको छ । उसले मलाई हेर्न पछाडी र्फकनु पर्ने थियो । actually he was in front of me ।

‘हैन हैन यो ठिक छ’ । चित्रकारले भन्यो ।

‘यो मेरी भुतर्पुब प्रेमिका हो । seyana । एउटी लल्जाशिल स्त्री । हेर्नुस कती लाजाएकी जस्ती देखीन्छे’ । मलाई याद छ । त्यो सहबास को पहीलो रात थियो । उसले आफुलाई पहीलो चोटी कुनै पुरुष लाई सुम्पीएँ भन्थी । लगभग ग्रिष्मको अन्तीम दिनहरु ।

‘लिनुस यो बिदेशी बिएर हो’ । उसले मलाई एउटा काँचको गिलासमा रक्सी भरेर दियो । ग्लाभ्सकोले म तीर हेर्यो र भन्न थाल्यो । म ति दिनहरु मानौं संकटमा थिँए । मेरो पेन्टीङहरु एकदमै निराशाजनक अबस्थामा निकै कम मुल्यमा बिक्री हँुदै थिए । seyana त्यही बेला मेरो आत्मीए बनेकी हो । उसले मेरो काँपेको मनोभाब लाई सम्हालेकी थिई । हामी एक्लै थियौं । म निराश थिए । मेरो परीश्रमले सस्तो मुल्यमा कसैको नाङ्गो भित्ता छोप्दै थियो । seyana ले मेरो हात समाई । तपाई अनुमान गर्नुस त्यो bed सेतो मलमल को bed sheet ले ढाकीएको हुन्थ्यो । उसले bed मा लम्पसार पल्टीएर cherry orchard सुनाएकी थिई । उसले त्यो मध्य रात हुनु भन्दा केही पल अगाडी मात्र सकाएकी थिई । अनी हामीले सहबास गर्यौ । उसले म संग केही कुरा लुकाएकी थिई । गोरो अनुहारमा म स्पष्ट देख्न सक्थे । हेर्नुस त्यो भाबना लाई मैले painting मा उतार्न खोजेको छु । उसले चित्रतिर औला देखायो ।

ग्लाभ्स्कोले भान्छा बाट केही केक को टुक्राहरु लिएर आयो । हामीले एकछीन त्यही केकको टुक्रालाई नियाल्दै बस्यौं र कुराको सुरुवात फेरी यसरी भयो ।

मैले उसलाई जान भनेको थिईन । उ गर्भबती थिई । गर्भबती भन्दा याद आयो । तपाईले त्यो अबिबाहीता गर्भबती केटीको कथा सकाउनु भयो? उसले कुराको शिलशिला भन्दा बाहीर गएर मलाई सोध्यो ।

केही सिध्याए । सेकेन्ड ड्राफ्ट तयार छ— मैले बताउन खोजे ।

पख्नुस मलाई सकाउन दिनुस् । उसले मलाई वाईनको गिलास उठाउन ईसारा गर्यो । अनी फेरी भन्न थाल्यो । seyana ले मलाई छोड्दा उ ६ महीनाकी गर्भबती थिई । उसको पेटमा मेरो embryos ले एउटा मानब आकार लिदै थियो होला सायद । महोदय यो घटना पुरानो हो । यो बितेको एक शताब्दी नाघेको छ । मैले पुन बिबाह गरीन । आज उसको एउटा नग्न तस्बीर बनाएर आफ्नो अस्वस्थताको भाबनालाई पखाल्दै छु । कती हाँस्यास्पद छ । म एउटी repressive स्त्रीको लागी आज पनी चित्र बनाउँदै छु । मैले युवाबस्थामा गरेको प्रेम । होईन भुल भन्नुहोस् । मैले उसलाई जानु अघी रोक्नु पर्ने थियो ।

तपाई प्रेमका कथाहरु लेख्न त्यती रुचाउनु हुँदैन किन? ग्लाभस्कोले सोध्यो ।

संझनुस् मेरो भाग्यामा, भागमा प्रेम तुलनीए छैन । मैले अफ्ठ्यारो उत्तर दिए । तपाई पनी त मृत्युलाई रुचाउनु हुन्छ पेन्टीङमा उतार्न, सम्भबत यो नग्न तस्बीर नै तपाईको प्रेम सम्बम्धको पहीलो बिजारोजण हो । मैले चित्रलाई हेर्दै प्रतीकात्मक उत्तर दिए ।

प्रेम ठुलो छँदै छैन । यो त निश्चीत समयाबधी र कठोर मानसिक संझैतामा अडीएको सानो र्धसो मात्र हो जसको समय संगै चुँडीने अबस्था बलीयो हुन्छ । यही हो butter and egg fly को रहस्य । जसलाई यो चित्रमा उतारेको छु । उसले भन्यो । म ढुक्क छु । यो प्रेम अब बजारमा सस्तो दाममा बेचीने छैन । यो jarvy को सन्तुलन हो । उ खित्ता छोडेर बनावटी हाँसो हाँस्न थाल्यो । उसको तल्लो र माथिल्लो ओठ एकदम संग हल्लीए । उसले आफ्नो डोरीवाल spectacle हटायो । आँखाको कोषमा जम्मा भएको चिप्रा पुछ्दै उसले भन्यो । होर्नुस रुमनजी यो समयको ईतीहाँसमा साँच्चीकै मेरो बलात्कार भएको छ ।

अब भन्नुहोस् । तपाईको कथा काँहा पुग्यो ? ग्लाभस्कोले फेरी संझायो ।

मैले भन्न थाले । उसले मेरो हातम अष्ट्रीचको रहरलाग्दो मासुको टुक्रा हालीदियो ।

त्यो केटी गर्भबती थिई । उसको लोग्नेले उसलाई छोडीदियो । उ अहीले गहीरो मानसिक पिडामा छे । तर उसको सहनशिलता सुन्न र भन्न लाएकको छ । मैले गत भेटमा पनी भनेको थिए । उसको पेट अहीले सात महीना लागीसकेको छ । मैले ठाडो गरी भने । मलाई थाहा छ फ्रेन्चहरु ज्यादा ठाडा कुरा मन पराउँदैनन् । शौतिनी आमाको हेरबिचारमा उ अहीले माईतीमै छे । मैले फेरी भन्न थाले । फ्रेन्च मेरो कथालाई सुन्न थाल्यो । उसलाई लोग्नेले कीन छोडीदियो भन्ने कुरा मैले खुलाउने चाहीन । पाठकलाई त्यती सहजता म दिने छैन । चित्रकार महोदय, यो मैले पाठकलाई दिएको alternative अधीकार हो । Fill in the gaps, तिमीले चाहेको भर्न सक्छौ । उत्तरआधुनीकता को छाहारीमा फैलीएको अन्धा धुन्धा अपरिपक्व कथाहरु जस्तो । म रातभरी उठेर कथाको ड्राफ्टहरु तयार गर्छु र संग संगै पात्रहरुले बोल्ने बाक्यहरु पनी । मैले चित्रकारलाई बुझाउन खोजेँ । उ मलाई अघी देखीनै सुनीरहेको छ । कथाको अन्त्य मैले सोचेको छैन । उ गर्भबती छे तैपनी म उसके सन्तान बारे अझै अनभिज्ञ छु । एकछीन अटालमा बसेको परेवाको घुरघुर तिर मेरो मन तानीयो । त्यती खेर सम्म ग्लाभस्कोले भान्छा बाट कालो कफी बनाएर लेराई सकेको हुन्छ ।

मैले भने म अस्वस्थ अबस्थामा निरङकुश कथाहरु मात्र सोच्ने गर्छु । या अक्षुत कथाहरु या त झन्झट लाग्दो परिबेशलाई बुनेर कथाहरु लेख्ने गर्छुृ । मेरो दैनीकी पट्यार लाग्दो छ । यो chaotic सहरमा jarvy मात्र यस्तो ठाउँ छ जाँहा म आफुलाई पठ्ठो पाँउछु । मेरो बैंस र्फकीएको अनुभब गर्छु । हो । खेर गएको बैंस । चित्रकार फेरी हाँस्न थाल्यो । मैले पनी साथ दिए । हामी जोड जोडले हाँस्न थाल्यौं । jarvy एकछिन हाँसोको रौनकतामा तातीयो । कथा तपाईको जस्तो बन्न सक्छ । तपाईकी प्रेमीकाले छोडे जस्तो मेरो पात्रलाई कुनै पुरुष पात्रले छोडीदिएको छ । तर यो seyana होईन । seyana ले कीन तपाईलाई छोडी भन्नु भएननी । नाई म तपाईलाई कर गर्दीन । यो नितान्त व्यत्तिगत समस्या हो ।

‘होईन रुमन जी’ । उसले भन्यो । यो एउटा पेन्टीङ हो । अहीले म माथी सदासयता देखाउनु पर्ने कुनै आबश्यकता छैन । मैले भनी सके मेरो त्यो समय संग अब कुनै गुनासो या सम्बन्ध बाँकी छैन । म मेरो पेशा अंगाल्न जे पनी गर्न सक्छु । मैले एउटी प्रेमीकालाई नंगाएर तपाई सामु राखीदिएको छु । यो कसरी मेरो मात्र समस्या हुन सक्छ । उसले jarvy cafe को र्बादली बाट देखीने सहर लाई हेर्दै भन्न थाल्यो । हेनुस् लेखक यो सहरमा मैले नंगाए जस्तो नंगाउन लाएक कयौ आईमाई छन् । जसले आफ्नो लोग्ने लाई छोडेर पर पुरुष संग सम्भोग गर्छन । मैले त seyana संग प्रेम गरेको थिए । उसको आत्मा संग आत्मीए प्रेम । बुझ्नु हुन्छ उसले मलाई कीन छोडी ? म पनी अनुमान मात्र गर्न सक्छु । यो साँचो नहुन सक्छ । तर बास्तबमै म उसले भनेजती L’tranche को बिल बुझाउन सक्ने अबस्थामा थिईन । मैले भनीहाँले मेरो art कुनै art gallery ले रद्धीको भाउमा उठाउँदै थियो । seyana ले ठिकै गरी, उसको बच्चाको घन्टै पिच्छे फेर्नु पर्ने डाईफरको लागी म संग पैसा थिएन । तपाईको fictional character संग मेरो painting को कथानक मिल्दै छ । गज्जब ! यो गज्जब हुनेछ । तपाई लेख्नुस् यसको बियोगान्त अन्त्य दिनुस् । उसले कफीको लामो लामो र्सुको तान्त थाल्यो । म उसको ओठको चेपबाट निस्कीएको थुकको फींजलाई हेर्न थाले । त्यो बैरागीएताको संकेत थियो । ‘महाशय मलाई माफ गर्नुस् । म बहकीएछु’ । ग्लाभस्कोले म तिर हेरेर भन्यो ।

होईन यो ठिक छ । तपाईको कहानी बाट मैले केही सिक्न सक्छु । या ईमानदारीताका साथ भन्नु पर्दा मेरा पछिल्ला कथाहरुलाई चाहीने कोरा सामाग्रीहरु टिप्न सक्छु । मैले ग्लाभस्कोको कुराम चाख मानेझै गरी भने ।

चुरोट कता परेछ । उसले फेरी अर्को चुरोट सल्कायो । कोठामा संगीतको ध्वनी आवत जावत गर्दै छ । मेरो कानबाट/ग्लाभस्कोको कानबाट/आटालमा अर्ध आँखा खोल्दै बसेका परेवाको कानबाट । Percy French को the mountain of mourne र Mrs. brady अघी देखीनै बजिरहेको छ ।

यिनै संगीत संगै पोतीएका होलान् यि पेन्टीङहरु । भित्तामा एकनासको उचाईमा झुन्डाईएको पेन्टीङ तिर हेँरे । करिब १२ १३ वटा लस्करै झुन्डीएका पेन्टीङहरु । height of death/wide range of death bed/skull of the death universe/sound of sex/the death of imprecation यि सबै पेन्टीङको कथा मैले सुनीसकेको छु । ग्लाभस्कोले यस्तै पट्यार लाग्दो दिनमा यसका रहस्यहरु पनी सुनाईसकेको छ । आज उसको butter and egg fly माथीको रहस्य सुन्दै छ । फेरी the mountain of mourne repeat हुँदै छ । synopsis कलाकारको मुखबाटै सुन्न पाउनु कती आनन्ददायी रहेछ । मैले ग्लाभस्को मुखमा हेँरे । उ सरल छ । र उसको कलाकारीता एकदम सारमय र तत्वमय छन् । gargilesse देखी यो सहर सम्म आईपुग्दा उसले थुप्रै चित्रहरु बनाई सकेको छ । आजकाल उसलाई आफ्नो पेन्टीङहरु बिक्री गर्नु पर्ने प्रलोभन छैन । उसलाई यो सभ्यताको घेरा भित्र अपत्यारिलो पाराले हराउन या बिलाउन बानी भईसकको हुन्छ । पेन्टीङ ब्रस समाउँदा उसको हल्का रातो ओठबाट निस्कने मन्द मुस्कान सायद seyana लाई tempting गर्न प्रर्यात्त भएनन् होला । मैले उसको सबै पेन्टीङहरु लाइृ सारमय नजर लगाए । उसले म तिर हेर्यो र फेरी भन्न थाल्यो । तपाई कतीको उत्ताउलो हुनुहुन्छ? म जतीको हुनुहुन्न । किनकी कलाकार लाई म उत्ताउलो भएको हेर्न रुचाउन्न । उनीहरु ब्यबस्थीत हुनु पर्छ । उनीहरुको कलम सित या ब्रस सित । म उत्ताउलो थिए । seyana ले मलाई यसैले छोडीदीई ।

सायद उसले म सितको भबिष्य कल्पना गर्न सकीन । म गलत थिए । तपाई बुझ्नु हुन्छ गल्तीलाई ? ग्लाभस्कोले म सित उत्तरको आशा राखेर सोधेको थिएन । उ आज धेरै बोल्दैछ । प्राय उसले म सित एसरी ब्यक्क्तीगत समस्या कहीले पनी ब्यक्क्त गरेन । उसले फेरी भन्न थाल्यो । मैले कुनै पनी बस्तु लाई serious भएर लिईन । मलाई कुनै पनी कुराहरु severe लाग्दैनन् । मैले उसलाई प्रेम गरे । आत्मीए प्रेम । सायद गल्ती थियो । मैले उसलाई अन्य पुरुषहरुले जस्तो सन्तान उत्पादन गर्ने बस्तु मात्र ठानीन । संभोग गर्ने बिलाषी बस्तु मानीन । तपाई गल्ती गर्नु हुन्छ यदी आईलाई प्रेम गर्नु हुन्छ भने । चुराट तान्न उ एकछिन रोकीयो । म सामान्य कुराहरुलाई कठोर पाराले लिन्छु अनी बुझ्छु । मेरो प्रस्तुतीहरु त्यती बेला कमजोर र कठोर थिए । मेरो बुझाईको प्रतीफल थियो । त्यसमा कुनै सजीबता थिएन । तपाई अनुमान गर्नुस् म निर्जीब ढङ्गले ब्रसहरु समाउँथे । सायद यस्ता कुराहरु seyana ले बुझ्थी होला र त्यसैले उ मेरो भ्रँड लाई लिएर भागीदिई । ग्लाभस्को अत्यन्त भाबुक देखीयो । म संझना गर्न चाहान्न । तर कुराको शिलशलामा भन्दै छु । तपाई यसलाई ठुलो या संबेदनशिल भनी नबुझ्नु होला । प्रेम मा यस्ता कुरा नौलो हुँदै होईनन् । तपाई यस्ता कथाहरु पनी नलेख्नुस् । पाठकलाई यस्ता चाउरी कथाहरु मन पर्दैन । उ हाँस्न खोज्यो तर सकेन सायद उसले हाँसो लाई दबाउन खोज्यो । हामी एकछीन मौन भन्यौं । तर्क/बितर्क हराए जस्तो । उसले कोठाको पश्चीम तिरको पर्दा पनी खोलीदियो । कोठामा चमक देखीयो । चित्रहरु फेरी नमज्जाले टल्कीए । Butter and egg fly को नग्न स्त्री अहीले मलाई हेर्दै छे ।

‘धिक्कार ! तिमीले यसलाई किन छोडीदियौ’? मैले ग्लाभस्को थकीत अनुहारमा हेरे ।

मैले यसो भन्दै गर्दा तपाईले अर्को अर्थ लगाउन सक्नु हुन्छ । हो । अर्थ एक मात्र नहुन सक्छ । प्रेम पटक पटक नहुन सक्छ । भन्ने ढङ्ग फरक हुन सक्छ । मैले कुनै गल्ती गरेको थिईन । यो नाँग्गो स्त्रीले मलाई कीन छोडीदीई । ग्लाभस्कोको आँखामा आँशु देखियो । उ रुन थाल्यो । एउटा बृद्ध बालक जस्तो । उ सुक्क सुक्क गर्दैछ । म उसको हात समाएर नरुन भन्न सक्दीन । मलाई रुन दिनुस् । आज शताब्दी पछी फेरी रुँदै छु । उसले रसिलो आखाँले म तिर हेदै भन्यो ।

म हात पल्टाउँछु । हत्केला हेर्छु । र रेखाहरु खोज्छु । seyana ले यसलाई बदल्न सक्थी । म यदाकदा यस्तो सोच्ने गर्छु । त्यो दिन पनी मैले यस्तै सोच्दै ब्रस समाए र यो नग्न तस्बीर बनाए । ‘तपाई लाई थाहा छ । यो मेरी प्रेमीका हो’ । उसलाई यती भाबुक बनेको देखेको थिईन । उसलाई बितेको समय त्यती रुचीकर पनी लाग्दैन । उसले यती पछी कीन सिएनालाई याद गर्दैछ । मैले केही अनुमान गर्न सकीन ।

‘तर मैले कथाको अन्त्य कसरी गर्छु भन्ने सोच्नु भएको छ’? मैले ग्लाभस्कोलाई अनुमान गर्न भने ।

‘अबश्य मैले सक्नु पर्छ’ । चित्रकारले भन्यो । उसले कोठामा भुन्डाईएको अर्को पेन्टीङ देखायो । तपाईको कथाको अन्त्य यसरी हुन सक्छ । उसले दोस्रो पेन्टीङको बर्णन गर्न थाल्यो जहाँ मेरो कथाको अन्त्य हुन्छ भनी उसले पुर्बानुमान गरेको थियो ।

cot death । यो भर्खरै ग्लाभस्कोले सकेको हो । तपाई यसलाई butter and egg fly को अर्को संस्करण भनी लिन सक्नुहुन्छ । उसले चित्र को बर्णनात्मक शैलीमा ब्याख्या गर्न थाल्यो ।

चित्रमा एउटी गोरी स्त्री लाई उतारीएको छ । उ कोक्रो छेउमा उभिएकी छे । त्यो बच्चा मरीसकेको छ । हामी यसलाई cot death भन्छौं । चित्रकारले म तिर हेर्यो । यो एउटा मानसिक दुराबस्थाको ब्याख्या हो । यो मृत्यु सम्बन्धी नै छ । उसले चित्रलाई हेर्दै भन्न थाल्यो । ‘मलाई त्यसको माया छैन । त्यो त्यसैले भगाएकी भ्रुण हो’ । उसले रहस्यबादी अन्दाज मा भन्न थाल्यो ।

तपाई पनी कथाको अन्त्य यसरी गर्नुस् । तपाईकी गर्बभती पात्रलाई मानसिक पिडा दिनुस् । मनोबैज्ञानीक पिडा दिनुस् । कथाको बियोगान्त अन्त्य दिनुस् । तपाईले बुझ्नुभयो? मेरो कथाको अन्त्य पनी बियोगान्त हुने छ । म बियोगान्त कथाहरु मन पराउन थालेको छु । उसले भन्दै गयो । म उसलाई सुन्दैछु । उ मेरो कथाको अब अन्त्य होस् भन्ने चाहाना गर्दै छ । म भाँन्छामा पुगेर कफी लिएर र्फकीए । उ त्यो पेन्टीङको अगाडी उभीएको थियो । उ त्यो नग्न स्त्रीको छाती, कम्मर, गर्घन, र स्तन वरीपरी आफ्नो हात नचाउँदै थियो । मलाई थाहा भयो । उ भक्कानो छोडेर रुदै छ । उसले आफ्नो शरीरको भार भित्तामा अडायो । म कराए । “ग्लाभस्को” । उसले म तिर हेर्यो । मैले कफीको मग उसलाई दिए । उ दराज तिर गयो । एउटा पट्याएको सेतो पेपर मलाई दियो । ‘कथाकार यसलाई पढ्नुस्’ । उसले हिक्क हिक्क स्वरमा भन्यो । मैले पढ्न थाँले । त्यो चिठ्ठी थियो । seyena को । फेन्चमा लेखीएको थियो मैले मनमनै पढ्न थाले । खबर दुई महीना अगाडीको थियो ।

seyana को मृत्युको खबर रहेछ । उ एक्लै बस्न थालेकी थिई रे । फेरी पछी उसको सन्तान भएनन् । ग्लाभस्को भ्रुण खेर गएको थियो । सम्भबत cot death मा यसैलाई उतारीएको होला । मैले cot death को पेन्टीङलाई हेरे । मलाई अफसोच छ । मैले gargilesse कीन छोडेँ । उसले अर्को बिबाह नगरेर आफ्नो गल्ती स्विकारेकी रहीछे । ग्लाभस्कोले आँशु पुछ्दै भन्न थाल्यो । उ मरीसकी । अब त्यो painting को नग्न स्त्री अहीले छैन । तपाई आफ्नो कथा पुरा गर्नुस् । एक पटक उसले jarvy को सबै तिर आखाँ पुर्यायो । सायद अब उसको सुन्यता अन्योलमा छ । उसले आफ्नो जिबन सगै painting को सम्भबत बियोगान्त अन्त्य गरेको छ । मैले आत्म बिश्वासी अनुमान गरे ।

मैले उसलाई खानाको लागी धन्यबाद भने र मध्य रातमा jarvy को चित्रमय कोलाज बाट बाहीरीए ।

उपसंहार

ग्लाभस्कोलाई मैले अन्तीम पटक त्यही jarvy cafe को झ्यालबाट बाहीर हेर्दै गरेको देखेको थिँए । मैले केही दिन पछी खबर पाए । उसले आफ्नो jarvy संगै आफुलाई जलाएछ । उसलाई यो चाओटीक city मा अब देख्न सकीने छैन । उसले भने जस्तो मैले कथाको बियोगान्त अन्त्य गरीदीए । मेरो पात्रले पनी आफ्नो बच्चा खेर फालेकी छे । उसको गर्भ पनी ईतीहाँसको कुनै क्षणमा तुहीएको छ । jarvy को छिमेकीहरु मलाई यसरी कहीले काँही कथा सुनाउने गर्छन् । सुरुवात सबैको एउटै हुने गर्छ । The jarvy Café को बार्दली बाट देखीएको एउटा अराजक सहर …….

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.