~रोहन पृथक~
१. गर्दा गुलामी
झुण्डियो राष्ट्रियता
काँचो धागोमा
२.हुन्छ झगडा
गिद्धझैं लुछाचुँडी
अर्काको जुठो
३. आपसी द्वन्द्व
ताली मार्दै जिस्कायो
युद्धपिपासु
४.बढ्यो महङ्गी
बाबुजीको मुस्ताङ
डुब्यो चुर्लुम्म
५.नहोला प्रिय
जाति, धर्मको युद्ध
हाम्रो मायामा
(स्रोत : मजदुर दैनिक)