~अभिसेक ढुङ्गाना~
मैले सब्दलाई शास्त्र बनाए, कलमलाई आस्त्र बनाए,
आफ्नै कृति लेख्न पुगी, झुटलाई आफ्नो बस्त्र बनाए |
आफ्नै गुडगान गइ थकिना, अरुको खोइरो खनाए,
एउटा एक्लो दरबार आफै राजा भै आफैलाई प्रजा बनाए |
मै शक्ति शालि अरु दुर्बल छन् भन्दै भजन बनाए,
बाध्यबाजन आफै बजाई, आफै गाई आफै रमाए |
सोचको क्षितिज मपाई रहयो, घिडित पात्र तपाई बनाए,
मन्त्र मेरा बिना सुरका, समाजलाई जपाई रमाए |
समाजका हरेक पात्र परिवारलाई दबाही चलाए,
आफ्नो स्वार्थ पूर्ति गर्न, भावनाका चिता जलाए |
घमण्डीको संघया पहुदा, ऊक्त हरफ जलाई सेलाए,
आस्तितो बिहिन आत्मागौरव खेल ठानेर चक्रबिउ खेलाए |
आफ्ना कुरा काव्य बनाई, गल्ति तिम्रो तोकी औलाए,
घमण्डको राष्ट्रगान गाई आफै भित्र दबाही बौलाए |
जसो तसो ज भएनी श्रीसतिकर्ता सोयम बनाए,
अगुवाई आफ्नो बनाई नारा मेरा अमर बनाए |
मै सर्वश्रेष्ठ मै ज्ञानी, अरुलाई आग्यानी जनाए,
घमण्ड सधै रैरहयो, मै ज्ञानीलाई इस्वोर ले कसरि बनाए ?
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )