~कल्पना किरण~
नारा बन्छन् यहाँ
देखावटी समानताका लागि
कस्तो समानता हुन्छ र?
पति दमन भित्र…
हामी बिना चुल्हो बल्दैन
रजस्वलाको चार रात पनि
सुख छैन हामीलाई
भाडा मोल्छौ र सुकाउछौ
आफ्नै जीन्दगी सुकेको पत्तै छैन
धिक्कार छ सहरिया महिलाहरु
खित्त हाँस्छौ
सोच्दै हामी समान छौ
चुल्हो कतिन्जेल चम्काउने
बर्तन कहिलेसम्म टाल्काउने
बालिका ,युबती हुँदै बुढ्यौली सम्म
भाँडाहरु खिईदै जान्छन्
चुल्होहरु फेरिदै जान्छन्
अन्डकोष सकिए
रक्तस्राब रोकियो
अहँ तर हामी फेरिएनौ
सिकौँ कर्णालीका दिदीसँग
एक त गर्भबती छिन्
दोस्रीको स्राबको दोस्रो दिन
अर्कीको आनन्द परपुरुषगमनमा
अनैतिक लाग्ला तर चाहेको गर्छिन्
अनि यस्तो पो स्वतन्त्रता
जहाँ मलामी जान्छन् लास बोकेर
बाध्यता हो भन्लान् शहरमा….
बाध्यताले जन्माएको समानता हो त्यो
यति बिघ्न अधिकर कहाँ छ र यहाँ…
कुनै लक्ष्मणरेखा बिना
मात्र छ कर्णालीमा
हाम्रा पुरुषलाई हाम्रो स्वाद पुरानो भो रे???
नँया रातमा नँया बदन चाहान्छन्
हामी त्यो खस्रो छाला कहिलेसम्म चट्ने
न स्वाद न रङ्ग बाहुनलाई च्याउ जस्तै
फेरि मख्ख छौ
हामी समान छौ
सिकौँ कर्णालीका दिदीसँग
कस्तो महान छ त्यहाँको स्वतन्त्रता
मलामी जान्छन्
बुझेँ जति कुरीति भङ्ग गर्छन
चाहे परपुरुषगमन पनि गर्छन
जे मन लाग्यो त्यही गर्छन
kiran (india)
November 9, 2008
(स्रोत : माइ संसार डट कम)