~जय सिंह महरा~
कलीका पुत्र नारी भरोसा, गर्नै हुन्न भन्छन्,
बिचैमा धोका हुने जंघार, तर्नै हुन्न भन्छन् ।
रुपको मदमा मग्न भई बहकिएर,
खै किन प्रेम जालमा, पर्नै हुन्न भन्छन् ।
एक हैन दुई हैन, सबै जना पुरुष,
बिष फल्ने मन वृक्ष, चर्नै हुन्न भन्छन् ।
के सकिएला बाच्ँन, आफै भित्र गुम्सिएर,
हृदयका भावना उनीसामु, छर्नै हुन्न भन्छन् ।
लैला—मजंनु, भ्यालेन्टाईनको इतिहाँस के झुटो हो ?
अमुल्य छ जीवन, अकालमै मर्नै हुन्न भन्छन् ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)