नेपाली साहित्यको धरोहर एवम् नेपाली वाङ्मयका मूर्धन्य साधक कमलमणि दीक्षितज्यूको दिवङ्गत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ !!!
उहाँ नेपाली भाषा र साहित्य सेवी मात्र नभएर, आफैमा एक महान संस्था, एक इतिहाँस हुनुहुन्थ्यो ।
उहाँ क.दी. का उपनामबाट चिनिनुहुन्थ्यो । स्व. क.दी. का खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० बढी कृति प्रकाशित छन् । नेपाली भाषा–साहित्यमा कमलमणि दीक्षित (कदी) लेखक, अनुसन्धाता, अन्वेषक, सम्पादक आदिका रूपमा सुपरिचित हुनुहुन्थ्यो र हुनुहुन्छ । उहाँको खोज–अनुसन्धान, अन्वेषण र सम्पादनबाट नेपाली वाङ्मयले साढे सात दर्जन गहकिला किताबसँगै अनेक फुटकर रचनाहरू पाएको छ । उहाँ वि.सं. २००० देखि निरन्तर अनुसन्धान, अन्वेषण, सम्पादन र लेखनमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँको ८७ वर्षको उमेरमा निधन भएको छ । उहाँको बारे अन्य जानकारीको निमित्त यस् वेब्साइटमा हेर्न सक्नुहुन्छ ।
आदरणीय क.दी. मा साहित्य सङ्ग्रहालयको भावपूर्ण एवम् हार्दिक श्रद्धाञ्जली !!
– साहित्य सङ्ग्रहालय