~सुन्दर खड्का~
‘तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ । यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन । फेसबुक, सामाजिक सन्जाल, जनसंख्याको आधारमा विभाजन ग-यो भने त, संसारको तेस्रो ठूलो मुलुक बन्छ रे । यही फेसबुकले कैयौंका सम्बन्धहरु जेड्यो, घरबार बनायो तर कैयौंका सम्बन्धहरु पनि छुटाउन पछि परेन । सबै चिजको लिमिट हुन्छ, लिमिट क्रस गरेपछि सबै चिज नशामा परिणत हुन्छ । सुरु सुरुमा त फेसबुक एकछिन खोल्यो, अपडेट हे-यो, पुग्थ्यो तर आजभोलि फेसबुकले नै प्रयोग गरे जस्तो लाग्छ । फुर्सद भयो कि क्लास होस् वा लाइब्रेरी, फेसबुक खोल्यो, अनलाइन हे¥यो, भेट्यो हाई भन्यो ।
सोच्दै थिए फेसबुकले साह्रै नै समय बर्बाद ग-यो, अब कम चलाउँछु । सकभर एकाउण्ट नै डिएक्टिभेट गरिदिन्छु । एक्कासी एकजना केटी साथीको ‘फ्रेन्ड रिक्वेष्ट’ आयो । आजकालका केटीहरु साह्रै बाठा पहिलो कुरा फेसबुकमै भुलाउन खोज्छन्, उनीहरुको फोन नम्बर पाउनु कहिले कहिले, अझ उनीहरुसँग डेट जानु त महिनौंको कुरा । धेरै नसोची ‘नट नाव’ गरिदिए । फेरि अर्को दिन म्यासेज आयो, उसैको थियो । लेखिएको थियो – मैले तपार्इंको समाचारपत्रमा लेख पढेकी थिए, राम्रो लाग्यो, अनि ‘फ्रेण्ड रिक्वेष्ट’ पठाएको, के म तपार्इंको साथी बन्न सक्छु ? सोचें कति भाउ खोज्नु, यो अरुभन्दा फरक केटी पनि हुनसक्छे, त्यसपछि तुरुन्तै उसको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गरँे । अनलाइन भेटिइहाली ।
ऊ आफैं सुरु गरी – थ्यांक यु । सञ्चै आरामै हुनुहुन्छ ? मैले पनि उसको प्रतिउत्तर दिएँ । एकदिन उसले लामै म्यासेज लेखी र अन्त्यमा सोधेकी थिई । तपार्इंका फेसबुकमा भएका स्टाटस त बबाल छन्, के ती वास्तविक जीवनका कहानी हुन् त ? हुन त केटीहरु यस्तै हुन्, फर्ल गर्न माहिर हुन्छन् । खासै वास्ता गरिनँ तर उसको म्यासेजहरु प्रत्येक दिन आइ नै रहे । मन त हो, कति दिन कण्ट्रोल गर्न सकिन्छ र । मैले पनि उसको म्यासेजको रिप्लाई गर्न थालेँ । हुँदाहुँदै, उसको म्यासेज नआउँदा त म आफूलाई एक्लो फिल गर्ने पो भइसकेछु । अब त म उसको प्रोफाइल, डिटेल्स, स्टाटस सबै खोजी खोजी पढ्न थालेँ । उसले पब्लिक गरेको एउटा मात्र प्रोफाइल पिक्चर छ, त्यही पिक्चर पनि घरिघरि हेर्न मन लागिरहन्छ मलाई । म त्यही पिक्चर हेर्दैमा फिदा हुन्छु । कलेज युनिफर्मको सेतो सर्ट निलो टाई र कालो स्कर्टको सेल्फी पिक्चरमा सजिएकी छे । थाहा छैन, उ कस्ती छे तर उसका शब्दहरुले म्याग्नेटिक फोर्सले जसरी मलाई उसको प्रेममा आकर्षित गरिरहेका छन् र शब्दहरु नै काफी भए, उसको प्रेममा फिदा हुन एक–दुई पटक उसँग फोन नम्बर र भेट्ने प्रस्ताव नगरेको पनि होइन तर उसले सधैं ठाडै अस्विकार गरिदिई । यसरी उसले बारम्बार अस्विकार गर्दै गएपछि, मैले आफ्नो निर्णण् सुनाउने कोसिस गरँे र भनें तिमीसँग फेसबुकमा भेटिएको पनि ५–६ महिना भयो । अब तिमीलाई नै भेटेर, मनका सबै कुरा भन्न चाहन्छु । सधै फेसबुकमा सीमित हुन पनि सकिदैंन र तिमी मात्र एउटा केटी हौं जोसँग मेरा सबै कुरा शेयर हुन्छ साथै प्रत्येक दिनपनि ।
थाहा छैन, म कसरी तिमीमा डिपेन्ड हुँदै छु । त्यसैले म तिमीसँग भेट्न चाहन्छु । त्यसपछि उसले फोन नम्बर मागी र फोन गरी । बोली ‘ल भन्नु किन, भेट्नु प¥यो ?’ म बोलें ‘सबै त थाहा छ, तिमीलाई, अब आधिकारिक रुपमा प्रस्तुत हुन ।’
ऊ मस्तले हाँसी र भनी के त्यसो भए प्रप्रोज गर्ने ? मैले भने त्यो पनि सोध्ने कुरा हो । त्यसपछि उसले समय मिलाएर खबर गर्न बताई, मैले पनि भन्दिए समय मात्र होइन मन पनि मिलाएर खबर गर्न । थाहा छैन, फेसबुकमा भेटिएकी ऊ जसलाई राम्रोसँग देख्या छैन, भेट्या छैन, तर उसका शब्दहरुले प्रमाणित गरिसकेकी, म उसको प्रेममा फिदा छु भन्ने कुरा त । संसार जित्ने आँट गर्छ तर उसको अगाडि हार महसुस गर्छ । हजारौं पीडाहरु उसको सानो वचनले निको पार्छ । जिन्दगीको यात्रामा खै कहाँ कहाँबाट कसरी मानिसलाई एक–अर्कोबीच नजिक बनाउँदो रहेछ, यो समयले । एकदिन बिहानै उसको फोन आयो र न्युरोड जुबेनाइल क्याफेमा भेट्ने निर्णय भयो । पहिलेदेखिको सोचअनुसार मैले उसलाई प्रेमप्रस्ताव राख्ने योजना बनाएँ तर भित्रभित्रै डर पनि लागिरह्यो कतै अस्विकार गरी भने त । हुन त उसको र मबीच यथार्थ पनि फरक छ । उसको घरमा डयाड, मम्मी र ऊ, दिदी चाँहि म्यारिड । बेलाबेला ऊ जिस्किँदै भन्थी, अब मेरो पालो । उसको बुबा युके. आर्मीमा, उनीहरुको बसाई लण्डनमा पनि । त्यसैले गर्दा, उसले यु.के. बोर्डको ए.सी.सी.ए पढेको बताउँथी । निर्धारित समयभन्दा केही ढिला गरी आईपुगी, त्यही क्याफेमा । केही छिनको समयपछि मैले उसलाई प्रप्रोज गरेँ तर सायद उसलाई कुनै नौलो लागेन, सहजै स्वीकार गरी । प्रेम भन्ने चिज यस्तै, लाग्यो संसार जिते । उसको एउटै म्यासेजले मलाई कति आनन्द दिन्छ । कति जोसजाँगर चल्छ, रातभरि पढ्न ऊर्जा मिल्छ, मेरो सबै दिन खुसीले बित्छ ।
यसरी उसको र मेरो सम्बन्धले पनि करिब दुई वर्ष पार गरिसकेछ । ऊसँग बिताएका विभिन्न ठाउँहरु जस्तै गोदावरी, हाइट गुम्बा, गार्डेन अफ ड्रिम, सुन्दरीजल आदिका आ–आफ्नै कहानी छन् । उसको काखमा मेरो सम्पूर्ण तनमन बिसाउन पाउँदा त, म आफूलाई त के, संसार बिर्सिदिन्थे । जब उसको कोमल ओठलाई चुम्दै, मेरा हातहरु उसका जवानीका संकेत प्रदर्शन गर्ने अङ्गहरुमा पुग्थे, म एकोहोरो लठ्ठ पर्थें । सायद ऊ पनि, लाग्थ्यो कि स्वर्ग यहीँ छ । भर्जिनिटीको कुरा गर्दा समेत बिच्किने उसलाई जब म फिजिकल रिलेसनसीपको प्रस्ताव गरँे, ऊ त ब्रेकअप गर्नसमेत तयार भई तर अन्त्यमा, ऊ आफैं स्विकारी अर्थात् राजी भई । त्यसपछि हाम्रो सम्बन्धले झन् गाढा रुप लिँदै अगाडि बढ्दै थियो । एक दिन ऊ अत्यन्तै चिन्तित भई फोन गरी र भेट्न आग्रह गरी । म अचम्ममा परँे, ऊ भन्दै गई – अब बाबाको पेन्सनको कागजपत्र बनाउन लण्डन जानुपर्ने भयो रे, सँगै जाउँ छोरी भन्दै हुनुहुन्छ । साथै हिजोसाँझ अङ्कल एकजना केटा लिएर आउनु भयो । त्यो केटा यु.के. आर्मी रे, पहिलो छुटी आएको । बाबासँग मेरो बिहेको कुरा गर्दै थिए । मैले बीचैमा रोकेर, हतारमै सोधेछु, अनि तिमीले के भन्यौं त ? ऊ बोली – मैले त हुन्न भन्दिए, अझै २–३ वर्ष गर्दिनँ भने । मन हल्का भयो । उसको भेटको कुरा अनुसार, ऊ अर्को हप्ता लण्डन जानुपर्ने भयो । उसको सि.ए. पढाइ भर्खर सिद्धिएको थियो । बाबाले लण्डनमा जब गर्दै बस छोरी भन्नु हुन्छ, तर मलाई मन छैन भन्दिए भन्थी । उसले जाने बेला तपाईंबिना धेरै दिन लण्डन बस्न सकुँला जस्तो त छैन तर बाबाको अगाडि पनि कसरी नाई भन्नु ।
बाबाको पनि मन राखिदिन्छु, म छिट्टै २–३ महिनामै फर्किहाल्छु । हजारौं समस्याको समाधान उसको उपस्थितिले र सानो वचनले समाधान गरिदिन्थे तर अब ऊ नै लण्डन जाँदैछे । अब ऊ लण्डन उड्न बाँकी २ दिन मात्र, भोलि त हाम्रो अन्तिम भेट, पर्सि त बिहानैको फ्लाईट । अर्को दिन साँझ पहिलो भेट भएको क्याफेमै भेट्ने निर्णय ग¥यौं । अर्को दिन बिहानैदेखि मन गह्रौं भयो, शरीरमा जोश–जाँगर थिएन । मन नलाई नलाई कलेज गएँ, फर्कें अनि उसलाई भेट्न निस्के क्याफेतिर । तर न ऊ आई, न त उसले फोन नै गरी । अनि कोठातर्फ फर्कें, खाना खान मन लागेन, शरीर पूरै दीर्घकालिन रोगले ग्रस्त भएजस्तो महसुस भइरह्यो । एक्कासी उसको फोन राति आयो । ऊ सिधैं रुन पो लागि, अनि बोल्दै गई– जब म तपाईंलाई भेट्न कोठाबाट निस्किँदै थिएँ । ठीक त्यसैबेला फेरि आज पनि त्यही यु.के. आर्मी केटालाई लिएर अङ्कल आउनुभयो र मलाई उसकै अगाडि राखी बिहेको लागि अनुरोध गर्नुभयो तर मैले अस्वीकार गरिदिएँ । त्यसपछि बाबामम्मीसँग अंकल धेरैबेर कुरा गर्नुभयो र रातिसम्म बस्नुभयो ।
मन दुःखी बनाउँदै म पनि घरमा बसिरहे भन्दै ‘ऊ रुँदै बोलिरहेकी थिई । मलाई नेपाल छोड्न मन छैन, म छिटो फर्कन्छु । तपार्इं बिना त, खै कसरी लण्डन बसाई रमाइलो होला र ? हुन त हामी फोनमा भए पनि नियमित सम्पर्कमा रहने छौं । अर्को दिन एयरपोर्टबाट बिदाई हुने बेला ‘लब यु’ भन्न पनि छुटाइने । याद छ मलाई, रुँदै भनेकी थिई । ऊ लण्डन उडी तर यता ऊविनाको प्रत्येक पलहरु मेरा लागि पीडादायी हुँदै गए । कलेज गयो, पढ्नै मन लाग्ने । सधैं कोलाहल लाग्ने काठमाडौंका गल्लीहरु पनि सुनसान लाग्न थाले । एकजना मान्छेको अनुपस्थितिले कति असर पार्दो रहेछ । निन्द्रा लाग्दैन, उसका यादहरु वरिपरि घुमिरहन्छन् । लण्डन जानु २–४ दिन अघिमात्र उसले फेसबुक डिएक्टिभ गरेकी थिई । कसले हो कुन्नी, उसलाई आपत्तिजनक फोटो त्याग गरिदिएछ । त्यसपछि घरबाट गाली गरेपछि डिएक्टिभ गरेकी थिई । ऊ लण्डन उडेको दुई दिन भयो, तर उसको अहिलेसम्म फोन आएन । सोचे नयाँ ठाउँबाट कसरी फोन गरोस्, एकमनले फेरि सोचँे बाबाको फोनबाट एक कल फोन गरे पनि त हुन्थ्यो नि । अब हप्ता भयो, महिना भयो तर उसको फोन आएन । तीन महिना पनि पूरा भयो ।
अहँ उसको केही खबर छैन, ऊ नेपाल फर्की या लण्डन छे । अब त उसको खबर नपाएको पनि ६ महिना पुगेछ । म उसको प्रेममा दिनप्रतिदिन तड्पिँदै छु, उसका यादहरुले नराम्रोसँग पोल्छन्, म उसकै प्रेमको एक क्रोनिक पेसेन्ट जस्तो जिउँदै छु । थाहा छैन । ऊ कसरी बिर्सन पुगी । नेपाल हुँदा, मेरै काखमा सुतेर घण्टौ रुने ऊ, आज कसरी बिर्सन सकि । थाहा छैन, लण्डन छे वा नेपाल, कि त्यही यु.के. आर्मीसँग विवाह बन्धनमा बाँधिन बाध्य भई । पूर्णरुपमा म बेखबर छु, उसको प्रेमले मलाई दिनप्रतिदिन गलाउँदै छ । लाग्छ, संसारमा सबै रोगको उपचार सम्भव छ, तर प्रेम, द्याट इज लव, कसैलाई बिर्सनु, सजिलै सम्भव छैन, ऊविना कदापि यो रोगको उपचार छैन । उसको ओठमा रमाउने यी मेरा ओठहरु, उसकै नाम लिई बड्बडाउन विवश छन्, उसको अङ्गहरुलाई स्पर्श गर्न हातहरु कलम समाई उसकै कहानी लेख्न बाध्य छन्, विचरा म । समयको अन्तरालपछि, साथीहरुको सहयोगले विस्तारै विस्तारै म आफूलाई सम्झाउँदै थिएँ । फेरि, २–४ दिन अगाडि उसको ‘फ्रेण्ड रिक्वेष्ट’ आएको छ । थाहा छैन, उ फेरि किन … ।
(स्रोत : श्री रुपरेखा)