~रामचन्द्र कार्की~
रोएर आँशु झार्दैमा हुन्न,
आगो र पानी बार्दैमा हुन्न ।
सोचेर हेर गलत पो छ कि,
बसाँइ मात्रै सार्दैमा हुन्न ।
जचाइ कनै ओखती खाउ,
धामी र झाक्री चार्दैमा हुन्न ।
बल्झेला पीडा रुवाउला पछि,
यत्तिकै तिम्ले टार्दैमा हुन्न ।
धर्मको पछी नलाग हैन,
फूल र माला तार्दैमा हुन्न ।
December 18, 2011
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)