~सुष्मा मानन्धर~
समाजको आंँखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे नितान्त अर्कै परिचय । उसले एउटा हातले आफ्नी नाबालक छोरी डो¥याएकी थिई, अर्को हातमा हतकडी थियो । अगाडि सडककिनार र घरका झ्यालढोकाबाट थुप्रै मानिस उसैलाई हेरिरहेका थिए । नानाथरी मानिसका नानाभांँतिका कुरा । नचाहंँदा नचाहँंदै पनि उनीहरुले गर्दै गरेका कुरा र लाएका आरोपहरु पग्लिएको तातो सीसासरि उसका कानभित्र परिरहेका थिए ।
त्यहाँं उभिनेहरुमा सबै अपरिचितहरु मात्र थिएनन् । ती रमितेहरुमा भन्नलाई त उसका सासुससुरा, नन्द र छिमेकीका अनुहारहरु पनि थिए, तर उनीहरुमा उसका निम्ति सहानुभूतिका कुनै उष्णता थिएनन् । त्यहाँ थिए चिसा र उपेक्षित हेराई । वर्षौसम्म जहांँ उसले कुनै अपनत्व पाइन, त्यहांँ आज त्यो विकट परिस्थितिमा कुनै सहाराको अपेक्षा पनि कसरी गर्न सकोस् ? उसले टक्क अडेर त्यो घरलाई हेरी, उसको आफ्नो घर । केही समयअघिसम्म कम्तीमा ऊ आफूचैं यही सोच्थी । त्यो घर जहाँ उसले बिहेपछिका केही वर्ष दुःख सुख गरी बिताई । आज पराईझैं उसको पीडामा निर्लिप्त ठिङ्ग उभिएको थियो । उसले घरमाथि हेरी सडकपट्टी तेस्रो तलामा रहेको उसको कोठाको झ्र्याल बन्द थियो । बार्दलीमा खिया लागेर फुस्केका फलामका केही डण्डी भुँई छाडेर अझै पनि झुलिरहेका थिए । रङ्ग उडेर फिका भैसकेका घरका बाहिरी भित्ताहरु, झै फुङ्ग उडेका उदास देखिन्थे ।
अनायसै विगतले झ्याल खोेली उसलाई सुस्तरी बोलायो र फर्की, आठ वर्ष अगाडि । त्यो बेला ऊ स्कुल पढ्थी, नौ कक्षामा । उसैको कक्षामा पढ्थ्यो एउटा सम्पन्न परिवारको केटो, जोे हठी र निर्भिक थियो । ऊसंँग सहपाठीहरु सबै डराउँथे, ऊ डराउन्न थिई । सायद उसको त्यही निर्भिकताले हो, दुबैमा छिटै निकटता बढ्यो । मित्रता भएको केही समयमै उनीहरुको सम्बन्धले उसको स्कुल, छरछिमेकतिर धेरै चर्चा पायोे । धनी बाउको एक्लो पुल्पुल्याइएको छोरोसंँगको सम्पर्क धेरैले कुरा गर्ने विषय बन्यो । बाटो हिँड्दा चिनेजानेकाहरु उसलाई औंल्याउँदै कुरा काट्थे । ज्यादै स्मार्ट र फास्ट रहिछ भन्थे । स्कुलमा उसलाई देखेर सबै साथीहरु त्यही सहपाठीको नाम लिई जिस्काउँथे । उसलाई त्यो सहपाठी राम्रो लाग्थ्यो, मन पनि पथ्र्यो । ऊसंँगको उसको प्रेम आफै चुलिनुभन्दा पनि त्यसरी वरिपरिका त्यसले पाएको चर्चाले बढी उक्सियो ।
अधकल्चो उमेर र अपुरो पढाइबीच उसको प्रेमसम्बन्ध थाहा पाएपछि घरमा सबैबाट त्यसको विरोध भयो । उसलाई त्यो सम्बन्ध तोड्न निकै दवाब पनि दिइयो । कति दिन उसलाई कुटेर कोठैमा थुनियो पनि । तर उसले परवाह गरिन । मानौं संसारमा ऊभन्दा दोस्रो अर्को पुरुष नै नभएसरि दश कक्षामा पढ्दापढ्दै उसले आफ्नो सहपाठीसँग भागी बिहे गरी ।
बिहेपछि शुरुका केही वर्षहरु त ठीकै बिते । घरपरिवारकाले बेजातकी आफंै भागी आएकी केटी भनेर उसलाई दिनुपर्ने स्नेह, इज्जत दिँंदैनथे, तथापि उसका श्रीमानको व्यवहार त्यो बेलासम्म ठीकै थियो । कम्तीमा खाइस् कि खाइनस् भनी सोधीखोजी गर्थे उसको । उसले चित्त बुझाउन त्यति पनि पर्याप्त नै थियो । थर्ड डिभिजनमा एसएलसी पास गरेका उसका श्रीमानलाई त्यसपछि पढ्नमा भन्दा व्यापार व्यवसायको सनक चढ्यो । उसले भनेकी पनि हो, पहिले पढाइ सकाउनु भनेर । नपढी न बुद्धी पलाउंँछ न कुनै इलम भेटिन्छ । उसको कुरै नसुनी उनले साझेदारीमा व्यापार थाले । व्यापार पनि खट्न सके पो राम्रो । सबकुरा अरुका विश्वासमा सुम्पेर आफू अल्लारेहरुसँंग सडक नाप्नमा बढी व्यस्त रहन थालेपछि व्यापारमा बिस्तारै घाटा हुन थाल्यो । तैपनि उसका श्रीमानको घँैंटामा घाम लाग्न सकेन ।
सबैभन्दा बिगार उनलाई खराब संगतले ग¥यो । साथीहरु पनि सबै एकैड्याङका थिए, उसलाई सम्झँदा पनि असह्य हुन्थ्यो । सबैजना उत्तिकै खानु, खेल्नु र पिउनु पर्ने । थोरै पिउने भए ऊ आफै पनि कुनै गुनासो गर्दिनथी, तर उनी त नढलेसम्म पिउँथे । रक्सीले मातेपछि अनि कुनै विवेक बाँकी रहन्नथ्यो । त्यसपछि तथानाम गाली, शारीरिक यातना शुरु हुन्थ्यो उसको । दुःखसुख सहँंदै गरेकी उसलाई एकमुठ्ठि माया न श्रीमानले दिए न घरका अरु सदस्यहरुले । सबैजना उसको विरोधमा उत्रिन्थे र विरुद्धमा कुरा गर्थे । बिनाकुनै अपराध किन उपेक्षा गरिन्थ्यो, उसले कहिल्यै बुझ्न सकिन । घरकाहरु गल्ती गर्ने आफ्नो मान्छेकै पक्ष लिन्थे । उनीहरुको समर्थन पाएर उसका श्रीमान ऊबाट झन् टाढिंँदै गए ।
काखमा छोरी आइसकेकी थिई । घरको काम, मानसिक चिन्ता र पोसिलो खानाको अभावमा ऊ कम उमेरमा नै बुढीझैँ देखिन थालेकी थिई । हरतरहले सताउने श्रीमानका अमानवीय व्यवहार देख्दा ऊ छक्क पर्थी । उसका श्रीमान त्यही व्यक्ति थिए, जोसंँग उसले प्रेम गरेकी थिई र जोसँग बिहे गर्न परिवारसँंग विद्रोह गरी भागेर आएकी थिई । समयसंँग मान्छे कसरी परिवर्तन हुन सक्दो रहेछ, ऊ आफूलाई परेको दुःखको लेखा गर्दै सोचिरहन्थी ।
बिहेभन्दा अघि उसको जुन निर्भिकता उसका श्रीमानलाई राम्रो लाग्थ्यो, पछि त्यही गुण उसको दुस्साहस ठहरिँदै गयो । आफ्नो अधिकार र अस्तित्वको लागि बोल्दा उसले मुखाले र बेसोमतीका उपमाहरु पनि पाउनु प¥यो । त्यही भएर उसले बिना विरोध, बिना प्रतिवाद आफूलाई एकान्तमा सीमित पार्दै लान थाली र पनि उसले छुटकारा पाइन । उसलाई घमण्डी र मात्तेकी भन्ने प्रत्यक्ष÷अप्रत्यक्ष आरोप पनि लाग्यो । श्रीमानले भर्खरभर्खर पिट्न शुरु गर्दा पहिला ऊ सासुससुराकहाँ गुहार्न पुग्थी । त्यो थाहा पाएपछि, पोल लाउँदीरैछ भनी श्रीमान्ले उसलाई झन् कुट्न थाले । ‘उसको यस्तो बानी छ भन्ने थाहा पाउँदा पाउँदै किन आइस् त फेरि ?’ नन्द, आमाजूहरुको व्यङ्गयात्मक प्रश्न हुन्थ्यो । आफूलाई कतैबाट पनि सहारा नपाइने देखेपछि उसले उनीहरुसंंँग हारगुहार गर्नैछाडी । मद्दत दिने भए पो सहयोगको अपेक्षा गर्नु, घरभित्र नै विराना बनेकाहरुसंँग के को आस !
कम्तीमा एसएलसी एउटा मात्र सकाउन पाएको भए पनि हुन्थ्योे । आफ्नो अपूर्ण पढाइमा उसलाई निकै पल्ट पछुतो भयो । पढाइ पुगेको भए उसले यसरी हेपिएर बस्नु पर्दैनथ्यो । अहिले कतै कुनै जागिर खाइहाल्न पनि छोरी सानी थिई । थोरै पढाइ उसमाथि घरभित्र र बाहिर, न त सहयोग गर्ने मानिस नै कोही थिए । हरेक रात रक्सीले मातेपछि उसका श्रीमान उसलाई तानेर गिजोल्न थाल्थे । उनलाई त्यो बेला मात्र एउटा नारी शरीर चाहिन्थ्यो । विरामी छ वा थाकेकी या भोकी उनले कहिल्यै मतलब राखेनन् । अभिसारको लागि पनि मन, वातावरण चाहिन्छ, उनले कहिल्यै बुझेनन् । उसका श्रीमान रक्सीले मातेर तातेको बेला उसबाट पनि रातकी रानीहरुको जस्तो हाउभाउ र कटाक्षको अपेक्षा राख्थे, तर ऊ भने सुकेको फूल भैसकेकी थिई ।
एकदिन त अति नै गरे । उसले औँलामा लाइराखेकी सुनको सानो औंठीमा समेत कुदृष्टि राखे । झगडा गर्दै कुट्न थालेको श्रीमानलाई औँठी दिन नचाहेर ऊ छिमेकीको घरमा लुक्न गई । ‘लोग्ने स्वास्नीको झगडामा हेर्नोस् हामीले बोल्नु हुँदैन । हामीलाई नमुछ्नु है । आफैं सुम्झाउनुस् ।’ कुनै पनि छिमेकीले उसलाई सहयोग गर्ने मनसाय देखाएनन् । दुनियांँ कति स्वार्थी छ ? ऊ सबैतिरबाट एक्लिई । माइतीबाट सहानुभूतिको आशा गर्नु व्यर्थ थियो । किनकि उनीहरुको तीब्र विरोधका बावजुद उसले भागी बिहे गरेकी थिई ।
सधैभरिको किचकिच, अभाव र रातोदिनको झगडाले निकैपल्ट उसले हरेश खाएर जीवनको अन्त्य गर्न खोजेकी पनि थिई, तर सानी छोरीको निर्दाेष अनुहारले हरेक पटक उसलाई रोक्यो । अर्कातिर, श्रीमान सुध्रिहाल्लान कि भन्ने आस पनि लाग्थ्यो उसलाई । उसको आशा हरेक दिन निरासामा परिणत हुँदै गयो । उसका श्रीमान ऋणमाथि ऋणको भुमरीभित्र मात्र हैन रोगकै चपेटामा पनि पर्दै गए । ‘यही अलच्छिनीले गर्दा यो दशा आइप¥यो ।’ घरपरिवार यसको सारा दोष उसैलाई दिन्थे । ‘लोग्ने तह लाउन जानेकी र सकेकी भए, यो अवस्था नै आउँदैनथ्यो ।’ उनीहरुले सुनाउने कटुवाक्यहरुले उसलाई भित्रैसम्म छेड्थे । कहिलेकाहीँ मनको बह कुनै साथीलाई पोखेर हल्का भएकी भए पनि, उसले जमेको फोहरपानी जस्तो आफ्नो जिन्दगी आफ्नै पीडासंँग डो¥याइरही ।
गर्मीको त्यो रात अरु दिनभन्दा बेस्सरी गर्मी थियो । ऊ घरधन्दा सकेर आँखा बन्द गरी खाटमा पल्टिरहेकी थिई । सधैँ झैँ उसका श्रीमान मातेर आए । सँगसँगै कोठामा ह्वास्स प्रवेश गरेको नमीठो गन्ध । उसले आँखा खोली, श्रीमान ढोकानिर उभेर उसैलाई हेर्दै थिए । उठी ।
‘खाना ल्याउँ ?’ उसले श्रीमान तिर हेर्दै सोधी । नसुनेका हुन् वा खानु पिउनु बाहिरै सकिएको हो । उनी एक शब्द बोलेनन् । लुगा र जुत्तै नखोली सिधै गएर ओछ्यानमा ढले । श्रीमानलाई कुर्दै गरेकी ऊ निकै भोकाएकी थिई, तर उनको चालाले विरक्त उसलाई खान पनि मन लागेन । उसले खाटमाथि मुढाझैँ ढलेका श्रीमानको जुत्ता खोलिदिई । बत्ती निभाई र आफू पनि खाटमा पल्टी । निद्रा कोशौँ पर थियो । मनभित्र तर्कनाका ज्वारभाटाहरु उठिरहे । रित्ता दलिनहरु गन्दै उसले सिरानी भिजाइरही । धेरैबेरपछि मात्र ऊ निदाई । मध्यराततिर एक्कासी उसको निद्रा खुल्यो । आफ्नो जिउमाथिको दुर्गन्धित भार, उसलाई निकै दिगमिग लाग्यो । आफूलाई अँठ्याउन खोजिरहेको त्यो शरीरलाई उसले जोड गरेर हटाउन चाही ।
‘खुरुक्क दे । अझ नमानेकी ?’ श्रीमानले उसको गालामा टोक्दै धम्क्याए । निस्तब्ध रातमा चर्को आवाजले उसकी सानी छोरी आत्तिएर रुन थालेकी थिई ।
‘चुप लागी सुत, मलाई सन्चो छैन ।’ उसले सकेसम्म टार्न खोजी ।
‘सन्चो नभए नि के, मैले भनेपछि । बढी स्वाङ पार्छेस् ?’ श्रीमानको डाँको अझै ठूलो थियो ।
‘छरछिमेकीले सुन्लान् । आफ्नो इज्जत भन्ने कुरा पनि कतै बाँकी राखेका छौ कि छैनौ ?’ उसलाई पनि रीस उठ्यो ।
‘ओई, बडो इज्जत भाकी ! अझ बढी बोल्छेस् तँ मुखाले ?’ श्रीमानले उसको मुखैमुखमा हात हाले । उसको पातलो र जीर्ण शरीरमा पनि त्यतिबेला खै कहांँबाट त्यो शक्ति आयो । रीस र पीडाको आवेगमा उसले श्रीमानलाई ठेली । जुरुक्क उठी र उनको कठालो समाइ तानेर हु¥याई । बार्दलीको ढोका खुल्लै थियो । पर्दाबाट हुत्तिएर उनी बरण्डाको फलामे डण्डीमा बज्रिन पुगे । छेउका केही डण्डीहरु खिया लागी पिँधबाट फुस्किसकेका थिए । बरण्डाका ती कमजोर फलामेबारले उसका श्रीमानको जिउको भार थाम्न सकेनन् र उनी सिधै तीनतला तल खसे सडकमा । ऊ संज्ञाशून्य भई । होशमा आउँदा ऊ आफू बार्दलीमा बसिरहेकी थिई । घरका सबै परिवार आत्तिएर रोई कराउँदै थिए । तल सडकमा ठूलै भीड लागिसकेको थियो । ‘सधैं झगडा भैरहन्थ्यो, आज मारिछाडिछ लोग्नेलाई ।’ भीडभित्र धेरै जना यसै भन्दैथिए ।
उठिरहेका कोलाहलभित्र सहानुभूतिभन्दा टिप्पणी र आलोचना बढी थिए । किन घटना घट्योसंँग कसैले सरोकार राखेनन्, बरु नपत्याउंँदीले त्यो घटना गरी भनेर सबैले यही संभावनालाई उचाले । सबैले ठहर गरे उसैले श्रीमानलाई बार्दलीबाट खसाली । पतिहत्या, हत्यारिणी….. भीडबाट उठिरहेका यी धेरै उपमाहरुभित्र ऊ आफू हराइसकेकी थिई । उसको आफ्नो अस्तित्व त्यहाँ कतै बाँकी थिएन । आठ वर्ष अगाडिकी त्यो सुकुमारी केटीलाई, आकाशविनाको त्यो धरातलमा पु¥याउन जोजो पनि जिम्मेदार हुन सक्थे ती सबै प्रतिक्रियाविहीन उभिएका थिए, मानौं तिनीहरुको त्यो घटनामा कुनै दोष नै थिएन ।
त्यो घर थियो, कोठा अनि बार्दली, तिनीहरु जान्दथे त्यो रातको यथार्था साक्षी बक्न सक्ने तिनीहरू निष्प्राण थिए, त्यसैले मौन । त्यहांँ बस्ने प्राण भएकाहरुले त उसलाई बचाउन केही बोलेनन्, न कुनै प्रयत्न गरे, त्यही भएर उसले पनि ओठ खोलिन । रातको सत्य उसको छातीभित्र हिक्काहरुसंँग दब्यो । उसले ठीक गरी या बेठीक उसले सोच्न चाहिन । परिस्थितिले उसलाई अपराधी बनाउँंदा उसलाई त्यो स्थितिसम्म ल्याउने उसका श्रीमानको के कुनै दोष थिएन र ? उसले सम्झिन खोजी ।
‘जाउँ छिटो ।’ महिला प्रहरी उसलाई अघिजान तान्दै थिइन् । ऊ विगतको लामो फन्कोबाट फर्की, आफ्नो वर्तमानमा, जहांँ ऊसंँग वितेका वर्षरुको बदलामा उपलब्धिको नाममा सिर्फ शून्यता थियो र मात्र एउटा पीडादायी अभियोग । ऊ जेल जाँदै थिई, उसले स्वीकारेकी छ यो कटु यथार्थलाई । यो उसको प्रारब्ध हो । सबैभन्दा दुःख उसलाई छोरीको निम्ति लागेको छ, ठूलो सजायँ त छोरीले पाउने भई, बिना कुनै अपराध ऊसंँग सजायँको भागी भएर । एउटी नारी भएर जन्मनुको, भोग्नुको, र अर्थहीन दण्डको परिभाषा उसले बाटोभरि खोजिरही ।
(स्रोत : श्री रुपरेखा)