~कणाद महर्षि~
पीडा ! यसै पनि पीडा हो
कष्ट हो, गाह्रो दुःख हो
चहर्याइरहने षडयन्त्रको उनमत्त उहंकार हो
तैपनि
आफू नदेखिई अल्झाइरहने
अरूलाई अप्ठ्यारो पारिरहने, दुःखाइरहने
–यो क‚तो दुष्ट कुरूप हो !
–जगल्ट्याएर चौबाटोमा पछार्नु पर्ने त्यो पीडालाई
– – –
सम्पूर्ण मान्छेको सर्वाङ्ग पीडालाई
नबुझे ज‚तो
थाह नपाए ज‚तो
शोकाकुल भए ज‚तो मलिन अनुहारमा
आफ्नै पीडालाई अँठ्याएर, लुकाएर
तैपनि
भनिरहेछ कोही
–पीडाध्र यसै पनि पीडा हो
पीडा बाहिरबाट देखिन्छ र !
––––
मायामा पीडा हुन्छ, पीडामा माया हुन्छ
अब भन त ! केमा पीडा हुँदैन ?
घाउ लागेपछि पीडा हुन्छ
पीडा भएपछि घाउ दुःख्छ
–औषधी के छ भन त एकपल्ट !
––––
माया त गरिएकै हो नि !
हूलमुलमा,
एकान्तमा–
झमझम पानी परिरहेको बेलामा
लुगा त दुवैको निथ्रुक्क भिजेकै हो तैपनि कसरी
हामी त एक भएछौं हगि ?
अब कुरा फेरि सुरू गरौँ है ?
घाउ नसोध !
पीडा नसोध !
कलेजको पोसाकबाट मैले
किन धोती, चोली लगाएँ हँ ?
भनेर नसोध है !
-चाबेल, काठमाडौँ
(स्रोत : मधुपर्क २०७० मंसीर)