कथा : पाठ

~परशुराम बुढाथोकी~

स्थान : स्कुल र बाटो
समय : साझ को ४ बजे 

स्कुलमा घन्टी बजेको आवाज … हल्ला गर्दै बाहिरनिस्कदै गरेको बच्चाहरुको हुल।
त्यो हुलमा एउटा ८-९ वर्षको फुच्चेनि छ। नाम हो उसको भुन्टे। उ नै हो मेरो कथाको प्रमुख पात्र। मेरो कथाको स्रोत। चकचके छ …पढन ध्यान दिदैन।

ऊ आज गम्भीर छ। हाम्रो नेपाली सरले पनि के पढ़ाको होला आज ? …ऊ सोच्दै हिडीराको बेलामा पछाडी बाट कसैले भुन्टे भुन्टे भनेको सुन्छ।
ऊ  पछाडि फर्केर हेर्छ …उसकी दिदी जानुका रहेछे। लगभग २० वर्षकी जानुका भुन्टेको स्कुलमानै काम गर्छिन्।

भुन्टे पख संगै घर जानु पर्छ …(भाइको हात समाउदै दिदी ले भन्छिन् )

भुन्टे दिदीलाइ हेर्दै ट्वाल्ल पर्छ …

अरुबेला कहिले नि एस्तो चुपचाप नदेखिएको भाइलाई देखि दिदी अचम्म मान्दै सोदछिन …ओइ …के भयो तलाई ?

दिदी …हाम्रो नेपाली मिसले भनेको घाटी हेरेर हाड निन्लुरे  …अचम्म मान्दै दिदीलाई भन्छ भुन्टेले

अनि के भयो त ?  …दिदीले भन्छे

हाड किन निलीरनु पर्यो ? मासु मासु खाए हुदैन ? …फेरि भुन्टेले निर्दोश पाराले अचम्म मान्दै सोध्छ …

भुन्टेको कुराले उस्कों दिदीको अनुहारमा हासो छायो …

त्यो भनेको अरुको देखासेकी गर्नु हुन्न …आफ्नो अवस्था हेरेर चल्नु पर्छ भनेको क्या लाटा…दिदीले हासो रोक्दै सम्झाउन खोजिन …
भुन्टे पनि दिदीलाई हासेको देखेर हास्यो अनि कुरा बुझे जस्तोगरि टाउको हल्लायो …

स्थान : भुन्टेको घर 
समय : राति को ८-९ बजे 

भुन्टेकि आमा खान बनाउदै हुनुहुन्छ। दिदी केहि लेखिराकी छिन। भुन्टेलाइ पनि जबर्जस्ति पढेको जस्तो गर्नु परेको छ। नत्र दिदीले मार्छिन।
येतिकैमा घरमा बुवाको प्रवेश …
आजनि भुन्टेका  बाले रक्सि पिएर आएछन् …आमालाई कराए …
भुन्टे र उसकी दिदीलाई खाउल जस्तो गरि हेरे …हातमा किताब कपि देखेर केहि भनेनन् …
बा कराउदै फेरि गाऊतिर लाग्छन …किन लागेका भुन्टेलाई थाहा छैन …

एस्ता जडिया बा हुनु भन्दा नहुनुनी …भुन्टेले आमा र दिदी लाइ हेर्दै भन्यो

तेस्तो भन्नु हुदैन …आमाले रिसाउदै भन्नु भयो

सियाबास्सी पाउला भन्ने सोचेर भनेको भुन्टेले आमाको गाली पायो …दिदीतिर पुलुक्क हेर्दै सिर निहुरायो।
आज भुन्टेलाइ थाहा भयो यो संसारमा बा भनेका ठुला मान्छे हुदा रहेछन …


स्थान: स्कुल को कोठा  
समय : दिउसको को ११ बजे 

नेपाली बिषय को जाच चलिराको छ।
प्रश्न नम्बर (५)  यो हफ्ता तिमीले सिकेको २ राम्रा कुरा लेख।    (किताब भन्दा बाहिरको प्रश्न )
भुन्टे हतार हतार लेखिराको छ।

स्थान: स्कुलको अफिस कोठा 
समय : ३ बजे दिउसो 

मैले कपि काटीराको छु। भुन्टेको कपिमा आँखा पुग्छ। भुन्टेले एउटा मात्र प्रश्नको उत्तर लेखेछ।
प्रश्न नम्बर (५)  यो हफ्ता तिमीले सिकेको २ राम्रा कुरा लेख।    (किताब भन्दा बाहिरको प्रश्न )
भुन्टेले लेखेको उत्तर:  एक अरुको देखासेखी गर्नु हुदैन । दुइ मेरा बा संसारका सबैभन्दा ठुला मान्छे हुन।

पाठ : पढेको भन्दा परेको कुरा बुझ्न सजिलो हुन्छ।

समाप्त

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.