~दिनेश घिमिरे~
अझै कति छन् समाजमा दरारहरू
अझै कति छन् संस्कृतिमा अहङकारहरु
छोराले आफ्नी आमा यसरी मरियो भन्दापनि
खै काहाँ छन् ती मानव अधिकारहरू
एउटा नारी कुटाई खाँदै मृत्युुवरण हुँदा
कहाँ थियौ ए समाजका लाचारहरू
जब सम्म भरीन्न ज्ञान गिदिमा, सम्मान छातिमा
अझै बढ्नेछन कति लक्ष्मि परियारहरू
(समसामयिक घटनामा आधारित)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )