कविता : पुरुष मन

~सन्जीव बंकिम~sanjib-shah-bankim

तपाईं हरु
कहिलै पुरुष मन भित्र पस्नु भएको छ ?
पुरुष भएर हेर्नु भएको छ ?
खोइ कहिले साथ गर्नु भएको छ
यो संग ?
यिनी हरु कति भद्दा जिस्किञ्छन
यिनी हरु कति जिल्लिछन एक आपस मा
नारी मन लाइ लिएर
यिनी हरु सोच कति थर्ड क्लास हुन्छ
यिनीहरु को हेराइ
यिनी हरु को बोलाइ
यिनी हरु को भाब भंगीमा
यिनी हरु बुझाई
बर्णन गरि नसक्नु हुन्छ
कति अश्लिल हुन्छ
कति फोहरी हुन्छ
मलाइ सबै थाहा छ
म एक एक पोल खोलि दिन सक्छु
यिनी हरु लाइ सरेयाम नग्याइ दिन सक्छु
कसरि ? थाहा छ ?
मैले यिनी हरु संग साथ गरेको छु
न ढा टि कन भन्छु
यिनी हरु संग बात गरेको छु
पुरुष मन हरु नारि मन हरु लाइ
माथि जान नदिन
कसरि तानाबाना बुन्न सिपालु छन्
यिनी हरु कति कुण्ठित छन्
यिनी हरु कसरि लडाई दिन्छन
एक आपस मै
कम्जोर मन हरु लाइ
आफ्नो साख बचाउन
आफ्नो अस्तित्व जोगाउन
के के गर्दैन पुरुष मन
क कसलाई दबाउन के के गर्नु पर्छ
पुरुष मन को सनिन्ध्य मा रहनु होला
सप्पै सप्पै थाहा भै हाल्ने छ तपाईं लाइ
कति जालिम छ यो मन
कति अबैध छ यो मन
यी पुरुष मन संग
म पुरुष मन भयर
हिड्न थालेको
दुइ तिन दसक पार हुने थालेको छ
यो लामो पुरुष हिडाई
पुरुष बसाई संग
धेरै सिकेको छु
मैले
यी नारि मन हरु
लाइ
कसरि दमन गरि रहनु पर्छ
सिकेको छु
हो सिकेको छु
टि दुर्बल मन हरु
अगाडी बढी रहदा
के के मन गढ़ंत आरोप लगाई दिनु पर्छ
कम्जोर मानिने तिनको
चरित्र माथि
कसरि दाग लगाई दिनु पर्छ
सत्य भन्छु सरल भन्छु
यो पुरुष मन संग को
लामो तिक्त बिरक्त
बसाइ मा
मैले यो कला सिकेको छु
पुरुष भएरै
पुरुष मन भित्रै पसेरै
आफु लाइ मर्द देखाउन
कसरि यो मन अबला माथि
अचानक धावा बोल्नु पर्दछ
उनि हरु लाइ दमन गर्दा
आफु बिजेता ठान्नु पर्दछ
तपाईं ले नि ?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.