~गोबर्धन पूजा~
वर्षौसम्म तिम्ले पनि भुल्न सकिनछौ
कांडालाई पन्छाएर फूल्न सकिनछौ
अझै पनि प्रतीक्षामा रैछ प्रेम-झुला
मेरो साथ बिना तिमी झुल्न सकिनछौ
कति सुन्दर थियो हाम्रो कल्पनाको वाग
आज तिमी डराएर डुल्न सकिनछौ
मलाई अघि लगाएर हिड़थौं पछिपछि
एक्लै भयौ , अरु सामू खुल्न सकिनछौ
सबै कुरा खोसी लाग्यो पापी समयले
हत्त्यारालाई जेल भित्र हुल्न सकिनछौ
के दिऊ र खै अब मैले चोखो आँशु बाहेक
जस्ले खोस्यो उसैसंग अशुल्न सकिनछौ /
२७ जुलाई २०११