~नर बहादुर खत्री क्षेत्रि~
कतै बुद्ध कतै यसु
कतै मुहमद पैगम्बर।
जे भनेनी उनै।
ब्रह्मा बिष्णु महेश्ववर।।
गाई काट्ने क्रिस्चियन त।
हिन्दू गाई पुज्ने ।।
धर्म पनि कस्ता कस्ता।
हामी के बुझ्ने ?
हलाल गर्ने मुस्लीम त ।
बुद्दिस्ट काटमार रोक्ने।।
हिन्दू देउता खुशी पार्न ।
बलिको मुल्य तोक्ने ।।
कतै भन्छन दशै तिहार ।
कोही भन्छन लोसार ।।
कोही बस्छन रम्दान भनी।
महिनौ सम्म निआहार ।।
कोहि भन्छ्न क्रिस्मस त ।
कोही ईद भन्छन।।
मोज मस्तिको बाहानामा।
आउने दिन गन्छन।।
तर
बाहुन पुजी हुन्न धर्म।
गर्नु पर्छ सत कर्म ।
नत हुन्छ मुर्ती पुजी।
अघी बढौ कुरा बुझी।
धर्म त त्योहो जिबितमै मातापिताको मुख हेर्न आउनु।
तर पाप हो मृत्यु पछी ठुलठुला पाठपूजा लाउनु ।
धर्म त त्यो हो माता पिताको सधैं आसुँ मेटिदिनु ।
पाप हो पित्रीको नाममा मन्दिरमा महंगा भेटीदिनु।
तसर्थ
अरुको भलो चिताउनु।
सुद्ध मनले दिन बिताउनु।
असायलाई साहारा दिनु ।
यहीनै ठुलो धर्म लिनु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )