गजल : साली भए …

~एकु घिमिरे~eaku-ghimire

नाङ्लो भए केलाउँथे डालो के गर्नु र ?
साली भए भेट्न आउँथे ,सालो के गर्नु र ??

‘रातो राम्रो , गुलियो मिठो’ भन्ने उखानै छ
सेतो भए पनि हुन्थ्यो , कालो के गर्नु र ??

म सभासद , मेरो नाममा राहत लुगाफाटो ??
राम्रो भए आँफै लाउँथे , टालो के गर्नु र ??

पहिले पो दु:ख थियो , माछा मार्नुपर्थ्यो
यतिबेला ढडिया र जालो के गर्नु र ?

पँधेरीमा आएँ भने म नि’ पैला थाप्छु
‘जस्को शक्ती,उस्को भक्ती’ पालो के गर्नु र ??

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.