~राकेश कार्की~
यही मन कहिले सुखी हुन्छ
यही मन कहिले दु:खी रून्छ
बित्दै जान्छ यो जिन्दगी
आखिरमा कहानी भइ दिन्छ
अभिलाषा धेरै हुन्छन्
जाई जुही फुलिदिन्छन्
कहीँ एउटै चोट लाग्दा
खुसी सबै भुलिदिन्छन्
हृदयमा माया जम्छन्
सुबह सन्ध्या रमाउछन्
सम्झौताका बाँध फुट्दा
गह भरी आँसु हुन्छन्
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस
(स्रोत : साझा डट काम)