कविता : डब्लु डब्लु डब्लु जिन्दगी डट कम

~इन्द्रमणि नेपाल~

एउटा लामो वेब पेग जस्तो जिन्दगि
गुगल सर्च गर्नु नपर्ने,
कतै क्लिक गर्नु नपर्ने,
त्यसै त्यसै सबैको सामु
फररररर ……
अगाडी देखा पर्ने
साचै चाख लाग्दो छ
हाम्रो आधुनिक जिन्दगि

कतै इन्टरनेट को बन्द कोठामा
कसैसंग याहू टक
कतै साइबर को छेकबार मा
कोहि संग गुगल टक”
कतै आइ फोन हरु बाट फेसबुक कुराकानी…….

कतै भाइरस हरुले ग्रस्त भएर
ह्यांग भएको छ भने
कतै एन्टी भाइरस लगाएर
जबर्जस्ति सेभ गरिएका
कैयन जिन्दगि हरु
साचै नै कति रसिलो छ
आधुनिक संसार को जिन्दगी

कतै गर्ल फ्रेन्ड तथा ब्याई फ्रेन्ड संग
रोमान्टिक मुड मा छ
कतै फेमिली हरु संग सिरियस मुड मा छ
कतै पिरै पिरले ग्रस्त जिन्दगी
कतै डरै डर मा त्रस्त जिन्दगी
यो एक्काइसौँ शताब्दी को जिन्दगी
साचै एउटा कम्पुटर को स्क्रिन जस्तै छ यो जिन्दगी…

कतै जोक्स हरु संग हासिरहेको छ
कतै यु ट्युब हरु संगै नाचिरहेको छ
कतै मोडल हरु संगै हराइरहेको छ
कतै फोहोरी साइट हरु संग डराइरहेको छ
कतै यता बाट उता,
कतै उता बाट यता
डाउनलोड गर्दै तथा अप् लोड गर्दै
तथा वाच गर्दै तथा क्याच गर्दै
रमाई रहेको जिन्दगी
सांचै नै उल्लासमय छ
यो अत्याधुनिक जिन्दगी.

तर यस्तो जिन्दगीमा
यी डर्टी अमेरिका डट कम हरुले
यी थ्री एक्स डट कम हरुले
या यस्तै कैयन पेज हरुले
दिन प्रतिदिन बिगार्दै छ जिन्दगीलाई
उज्यालो बाट अँध्यारो तर्फ
सचेतना बाट कुचेताना बाट
पथभ्रष्ट गर्दै छ जिन्दगीलाई
भत्काउदै छ जिन्दगीका इट हरु
बिगार्दै छ जिन्दगीको आकार
साचै कति भयावह छ
हाम्रो इ-जिन्दगी .

अब त शायद
यो रोमान्टिक जिन्दगीलाई बचाउन
यो उल्लासमय जिन्दगीको रक्षार्थ
यो अत्याधुनिक जिन्दगी को खातिर
यो प्यारो जिन्दगीलाई सेभ गर्न
जिन्दगी रुपी मोनिटर लाई
जीवन रुपी स्क्रिन लाई
सट डाउन गर्नु पर्ला जस्तो छ
अन्यथा हाम्रो आफ्नै अस्तित्वको जिन्दगी
उथल पुथल हुनेछ
आफ्नै मौलिक जिन्दगी
धराशायी हुनेछ.
यो लामो वेबपेज जस्तो जिन्दगी
यो लामो वेबपेज जस्तो जिन्दगी

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.