कविता : मधेस जलेकै छ

~एन पी भावी~narayan-pangeni-bhawi

मधेस आज पनि जलेकै छ
तर्राई आज पनि उस्तैछ
पहाडहरु मधेस नियाली रहेछन्
मधेसहरु दिनरात तातिरहेछ
मधेस आफैमा कुस्ताकुस्ती गरिरहेछ
मधेसको हितको लागि धेरै मधेसी उदाउदैछन्
तर पनि मधेस उस्तैछ
तर्राई उस्तै छ
कोही मधेसको नारा लगाइरहेछन्
कोही तराइको नारा लगाइरहेछन्
के हो मधेस के हो तर्राई
अनभिज्ञ छु
कोही भन्छन् यो तराइ हो
कोही भन्छन् यो मधेस हो
कोही आफूलाई धर्तिपुत्र कहलाउछन्
कोही आफूलाई मात्र उचो ठान्छन्
जेहोस मधेस या तर्राई
जे भने पनि नेपाली हौं ।
मधेसीको ज्यान लिएर नै
उदाएको छ फोरम
मधेसमा आतङ्क मच्चाएर नै
उदाउदै छ सशस्त्र समूहहरु
जन्मिदैछ मधेसवादी दलहरु
तर उस्तै छ मधेस ।
खोइ कहिले फेरिएला मधेस
विडम्बना मधेस एक छ
मधेसी धेरै छन्
सबैले आफूलाई नेता कहलाउछन्
लगाउछन् रटान मधेसको
दिन दुइ गुना रात चौगुना
मधेसमा राजनीति चर्किदैछ
फगत मधेसीको हितका निम्ति
तर मधेस राजनीतिको नाममा
अपराध मौलाउँदै छ
गोली बारुद र धुवाको मुस्लो भित्र
निस्सासिएका छन् मधेसीहरु
खोइ कहिले होला मधेस आफ्नो
मान्छे सोधिरहेछ
नेपाल रहला की नरहला
पहाडले थिचिएको मधेस
हिमालले छेकिएको मधेस
कुण्ठाहरुको विच
फेरी थिचिदैछ मधेसीबाटै
अपितु जय मधेस
मधेसीको निम्ती ।

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.