~प्रमिला दाहाल ‘परी’~
तिमी आएनौ
कुरिरहे गर्मिमा
निराश मन।।
धाउँछौ सधैँ
मेरो नै वरिपरी
सपना बाढी ।।।।।
घन्कियो गित
त्यो खेतमा रोपाइ
क्या मज्जा लाग्यो।।
पोहोर साल
त्यो गहिरि खेतमा
खेलेको हिलो।।
असारे भाँका
छ्यापा छ्याप छ हिलो
लाठे रोपार।।
पहिरो लाग्यो
बगायो ठूलो खेत
रोकिन्न आशु।।
हिडे है सबै
मेलामा एकसाथ
यो वर्षामास।
सम्झना ताजा
त्यो पोहोर सालको
मुटू कै माझ॥
बिर्सनै गाह्रो
त्यो सिमसिमे पानि
रुझेको केश॥
हलि र गोरू
छ चहल पहल
खेतमा बेठि।।
चिउरा दहि
रोप्दा खेतैमा धान
सस्कृति हाम्रो।
झ्याउ है किरी
वरिपरि छ झाडि
असारे मेलो।।
परि दाहाल
दुईपिपल ७, नुवाकोट
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )