कविता : कोहि छ?

~मोहन पौडेल~

कोहि छ?
मध्य रात कटेको अढाई घण्टा पछि पनि,
म जागराम रहेको जाहेरी सुन्ने,
लोकमा ए कोहि छ?

कोटि-कोटि मस्त गहिरो निन्द्रामा
स्बप्निल सपना सर्लक्क
ओढेर आनन्द ओछ्यानमा
झुलिरहँदा,
त्यस्तै सपनाले आँखा कोक्काएर
बिच्छौना बिझाएर हायल-कायल,
यो ”एक” सँग “म दुई” भनेर सँघ जनाउन तयार
कोहि छ?

सखारै पढ्किंदै नपढ्केको रेस फायर सुनेर
तछाड मछाड दौडने भिडमाझ
अबेर रातभर शोक धुनमा बजेको
राष्ट्रियगान सुनेर बिचलित मेरो बिस्रामको जाहेरी बक्ने
ए कोहि छ?

पुत्ताएका करोडौं सपनाको मुस्लोको बादलमुनि
शितल अनुभव गरि,
हलुंगो भई विस्राममा घुरिरहेका,
दिनभर भोलि कुपोषित आङ्ले बोकिने घन टाउकालाई
मेरो आवश्यकताको यात्रा
भोलिको बन्दमाझ अघि कसोरी बढाउने भन्ने
रातभरको तर्कनाले बनाएको
मेरो नाम्लोको भारी देखाइदिने
कोहि छ?
सुई…………………………य
छैन सायद।।।।।।

(स्रोत : Bookaholicsnepal.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.