कविता : मालिक

~स्नेह सायमी~Sneha sayami_1

उक्ल भन्नुभो उक्लें
ओर्ल भन्नुभो ओर्लें
जुन दिन मानिंन झर्न
त्यो दिन खसाल्दिनु भो , खसें
मालिक
किन यस्तो गर्नुहुन्छ
कि उकाल्दै नउकाल्नु
उकाले पछी सितिमिति नझार्नु
मालिक
तपाइको खटन पटनबाट थकित हामीहरु
एक दिन हामी सबै मिलेर
एकै पटक उक्लिन्छौँ
र झार्नेछौ तपाइंलाई ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.