~नर बहादुर खत्री क्षेत्रि~
जन्म थलो मै बस्ने कस्लाई रहर हुँदैन।
तर आफ्नो गाउँ जस्तो कुनै शहर हुँदैन।।
जती टाढा भयपनी गाउँ नसम्झेको प्रहर हुँदैन।
शहरको आत्मियताले कहिल्यै मन छुँदैन।।
कतिले गाउँ छोडे आफ्नै रोजाईमा।
कतिले गाउँ छोडे कर्मथलोको खोजाईमा।।
कतिले गाउँ छोडे स्वास्थ्य र शिक्षाको अभावमा।
कतिले गाउँ छोडे धन सम्पत्तिको रभावमा ।।
गाई चर्दै जतीटाढा पुगेपनी साँझ फर्किन्छ गोठमा।
जती पैसा कमाऊ शहरमा मुस्कान हुँदैन ओठम।।
जन्म थलो र कर्म थलो रहेछन् बिपरित धुर्ब जस्तै।।
धेरै मानीस हरुको देखिराछ यँहा प्राय सधैं यस्तै।
कठै मान्छे रित्तियका छन् त्यो मेरो गाउँमा।
राते घोरल म्रिग बाँदर छन हामी खेल्ने ठाउँमा ।।
बनमारा सिस्नाको झाङ बोट्बिरुवाको नाउँमा।
राते घोरल म्रिग बाँदर छ्न हामी खेल्ने ठाउँमा।।
बनमारा सिस्नाको झाङ छन् बोट्बिरुवाको नाउँमा।।
हराइसके कुखुरा, बाख्रा पाठा सबै स्थानिय जातहरु।
छैनन जुनेलो, फापर, भ्याकुर, लट्टे सागका पातहरु।।
कोदो, मकै, अंम्बा सुन्ताला, केरा, तरुल, आँप, मेवा ।
फल्यो भन्नु छैन खुशी यीसब बाँदर र दुम्सिका पेवा।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )