~अमृत कुमार के सी~
बग्न थाल्यो निर्जर मरुभुमीमा कंचन गंगाको
अबिरल धारा निसासिएर बसेको प्रेमको बिज
अंक्कुरित भई हरियोमा रङियो जग सारा
सुस्क भैसकेको इन्द्रियहरु उर्जाले जुर्मुरायो
एक्लोपनको बादलले धमिलिएका
नयनहरुमा आशाको किरण टल्पलायो
एक्लै निर्जन बनमा म पहाड अनी
गगन सँग बोल्न थाल्छु हावाको चिसो सिरेटोको
संगीतमा ब्रिक्षहरु गुनगुनाएको सुन्छु ।
निर्जिब ढुङ्गामा पनि म इश्वर देख्छु
निस्प्राण माथि पनि म श्रद्धा राख्न थाल्छु
यो पागलपन अनी अलौकिक एकान्तमा
रमाइ रहेछु जाने हिंडेको बाटो छोडेर
कता कता हराई रहेछु ।
अमृत कुमार के सी
10 मार्च 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)