~शशीकला थापा सुब्बा~
आजभोलि चित्त दुखाइ छाडेकोछु रुन
फेरी किन अध्यरोछ मनको एउटा कुना
न कसैले राम्रो भन्यो न त लायो खोट
न आफ्नोले धोका दियो न पराइले चोट
फेरी किन दुखिरहन्छ मनको एउटा कुना
आशु हासो जे जे पाए छातीमै लगाए
सुख दु:ख संगालेर र्हीदयमै सजाए
फेरी किन खाली लाग्छ,मनको एउटा कुना
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)