~टिका भाई ~
जति चोटी माटोलाई छुन्छु,
म पापालाई भेट्छु।
म कोपालाई भेट्छु।
कोमालाई भेट्छु।
उनीहरुको अदृश्य उपस्थिति
र अज्ञेय सुसेलिहरू
यिनै डाँडा-काँडामा खेल्छन्
डोको बुनिरहन्छ कोपाको हात निरन्तर
कोमा चूल्हामा छिन्
पापा
तातो चिया पिउँदै,
दरखास्त लेखिरहेछन्
माटो तल उनीहरूले
मेरो सम्झनाको घर बनाएका छन्
माटो तल्तिर उनीहरुले
फुलबारी र मेरो सपनाहरू सजाएका छन्
त्यसै यो माटो प्यारो किन हुन्थ्यो र?
त्यसै त यो माटो न्यानो किन हुन्थ्यो र?
पराया देश टेकेपछी
या उड़े पनि आकाश आकाश
बोलाई रहने माटो भनेको
कति प्यारो हुन्छ!
माटो माथिका जम्मै सपनाहरू
पलाउने जराहरूमा बसेर
पापा यतिखेर के गर्दै होलान्?
आजको दिन उनको अनुहार हेर्नुछ!!
अहिले कपाल सेतै फुले होलान् उनको,
अहिले रोगले मूर्झाएको जस्तो छैनन् होला ऊनी,
अहिले मलाई सम्झिएर केही व्यथित बने कि?
वा केही भन्न चाहेर पनि बोल्न नसकेर
केहीबेर भक्कानिए कि??
जतिचोटी हेर्छु माटो
म पापाको अनुहार देख्छु!!
कालेबुङ
(स्रोत : स्पन्दन अक्षर यात्रा )