बेहोसी छु देख्यौ भने सम्झाउँदा हुन्छ ।
कुबाटोमा भेट्यौ भने फर्काउँदा हुन्छ ।।
फूल भनी तिम्रो मन टिपिदिनसक्छु ।
हिर्दयमा तिम्रो नाम खिपिदिनसक्छु ।।
बल्दाबल्दै साँझबत्ती निभ्न पनि सक्छु।
हिंड्दा तिम्रो पाइलामा बिझ्न पनि सक्छु ।।
घोटिएको चन्दन हूँ लाग्न पनि सक्छु ।
देवलमा आफैंलाई भाक्न पनि सक्छु ।।
साउनको बादल म बर्सिंन के बेर ?
भिज्न तिमी खोज्दाखोज्दै फर्किंन के बेर ?
तिम्रो पछि लागे कतै धपाउँदा हुन्छ ।
अन्जानको मनै त हो फकाउँदा हुन्छ ।।
देवलको घण्टी बरै छोइदिए बज्छ ।
गाजलको सिंगार हो रोइदिए बग्छ ।।
छोइदिए हुन्छ मलाई,धोइदिए हुन्छ ।
बेहोसी छु के छ मलाई रोइदिए हुन्छ ।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)