~सुष्मा बस्नेत~
मनको भारी केहि पर बिसाएर खेलौं होली
रङ्ग संगै थोरै माया मिसाएर खेलौं होली
रङ्गै रङ्गको पर्व होली रङ्ग चड़ोस सबको मनमा
कोहि नहोस दुखि यहाँ हर्ष बढोस सबको मनमा
रिस, राग, द्वेष सबै हटाएर खेलौं होली
एक आपसमा प्रेम सदभाव बढाएर खेलौं होली
परम्परा रितिथिती हाम्रै मौलिक सम्पदा हुन्
यिनकै सहि अनुशरण हाम्रा आफ्नै चिनारी हुन्
जहाँ रङ्ग बर्जित छ मुस्कानमै खेलौं होली
जीवनमा रङ्ग भर्दै सम्झनामै खेलौं होली
मनको भारि केहि पर बिसाएर खेलौं होली
रङ्ग संगै थोरै माया मिसाएर खेलौं होली
चरित्रचर्चा “बडाले जे गर्यो काम, हुन्छ त्यो…