~न्हुछेरत्न बुद्धाचार्य~
अन्धकारले छोपिएको ठाउँमा
कसरी शान्तिको फूल फूल्छ?
स्वच्छ मनको अभावमा
कसरी दया करुणा हुन्छ?
यो बुद्ध भूमिमा
द्वन्द्वको आगो सल्किरहेका छन्
आचरण नैतिक पतन भइरहेछ
मनको आँखा नखोलेर अशान्ति छाइरहेछ
अहिंसा परमोधर्मलाई
हिंसामा बदलिएको छ
सवै भवन्तु सुखिन जपेर
बकुल्ला भगतहरूको बिगबिगीले छाएको छ
बुद्धको पुण्यभूमिमा रगतको होली खेल्यो
शान्तिको नाममा जिउँदो जलाइयो
विश्व शान्तिको अग्रदूत सिद्धार्थ जन्मेको धरतीमा
पञ्चलील नै पालन गरेन यहाँ शान्तिले बाँच्न।
यो वन पाखा पर्वतको प्रत्येक फूलमुनि
कुल्चिएको छ बारुदको खुट्टाले
आकासमा हेर आगो
धरतीमा हेर आगै आगो
चारैतिर जलिरहेछ शान्ति
यो शान्ति भूमिमा, एसियाको ज्योति बुद्ध जन्मेको देशमा
(स्रोत : मजदुर दैनिक)