कविता : उसलाई विष खुवाएर मारेका होइनौं

~बिमल गुरुङ~bimal-gurung

उ मर्‍यो त
आफैलै आफैलाई मार्‍यो
ऊ मसानघाट पुग्यो त
आफैले आफैलाई पुर्‍यायो
मरुञ्जेल मुसा खान थालेपछि
मुसाले पनि टोक्न सक्छन्
टोक्यो ।

उसलाई हामीले विष खुवाएर मारेका होइनौं
किनकि
ऊ मर्‍यो त
आफैले आफैलाई मार्‍यो ।

पालेर राखेका
सर्पहरुलाई दुध नपिलाएपछि
आफ्नै सर्पले पनि डस्न सक्छन्
डस्यो
ऊ मर्‍यो त
आफैले आफैलाई विष कुवाएर मार्‍यो
त्यसैले,
उसलाई हामीले विष खुवाएर मारेका होइनौं !
उसलाई हामीले विष खुवाएर मारेका होइनौं !
ऊ मर्‍यो त
आफ्नै डण्डाले मर्‍यो
ऊ मर्‍यो त
आफ्नै बन्दुकले मर्‍यो
ऊ मर्‍यो त
आफ्नै निषेधित गोलीले मर्‍यो
ऊ मर्‍यो त
आफ्नै मेसिनगनले भुटिएर मर्‍यो
ऊ बिचल्ली पर्‍यो त
आफ्नै पापले मर्‍यो

उसलाई हामीले विष खुवाएर मारेका होइनौं
हामीसंग छन्, थुप्रै प्रामाणहरु !
हामीसंग छन् उसका यथेष्ट कर्तुतहरु !!
ऊ अचानक मर्‍यो त
आफैंले आफैंलाई विष खुवाएर मार्‍यो ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.