~रेनुका पौडेल “आहत”~
हामी दुई मुटु एक धड्कन
दुनियाले अहो! भन्ने हाम्रो सम्बन्ध
जीवन रंगिन बन्दै बनाउदै
संघर्षका पाइला आत्मसाथ चल्दै
हरेक
हो हरेक
प्रहरमा संग संगै पाइला चाल्दै
एउटा छुट्टै आनन्द संगाल्दै
एक अर्कामा निहित बनेर
शत्रुको चोटिलो प्रहार सहेर
आपसी बिश्वास ,भरोसा
स्वप्न सुन्दर महल आसा
अहो! हाम्रो प्रेम
अनायास
अनायास एक दिन त्यस्तो पल आयो
सपनाको सारा महल पलभरमै भत्कायो
उ अरु कसैको प्रेममा लिप्त छ
अरुकै न्यानो काखको स्पर्शले मख्ख छ
अकष्मात उस्को परिवर्तनले आज
जिउदो लास बनी
रुखबाट खसेको अस्तित्वहिन पात जस्तै
वायुमण्डलिय हावाको झोकाले
बेपर्वा उडाएको छ
हो पलभरमै मारिदिएको छ
धर्ती मै आकाश झरेर थिचेको छ
खै कहाँ बाट निश्चल प्रेममा दरार आयो
कस्तो हुरि आयो सबै उडायो
समुन्द्रमा आएको सामुन्द्रीक छाल जस्तै
मन भित्र को महल बगर बनायो
आखिर ,आखिर दोस के थियो मेरो?
मेरो पवित्र प्रेमको
आज मुर्दा शरीरलाई आहुती दिउ
दुनियाले औला उठाउने छ्न
बाचु धिप धिप दियो झै छ जीवन
लाचार जिन्दगी बनेर
मृत्युको पर्खाइमा
धुकधुक श्वास मा अल्झिएको छ
उनको धोखेबाज मायामा
न त जीवन जिउन सके
न मर्न नै सके
कालको पर्खाइमा
मुर्दा शरीर लिएर
हो बस उस्को यादमा
मुर्दा शरीर
मात्र मुर्दा शरीर
रेनुका पौडेल “आहत”
रत्ननगर– १८ ,सौराहा
चितवन,नेपाल
(स्रोत : गजलगंगा)