~जे.बी. शेर्पा ~
पट्ट्यार लाग्दो अलार्म !
सके हप्ताको सातै दिन !
जबरजस्ती आफुलाई ओछ्यानबाट घिसार्दै !
कहिले, आफ्नै निधार ठोक्दै !
कहिले “टाइम ईज मनी”को व्याख्याले चित्त बुझाउँदै !
अनि कहिले “खैरे चोर” वा “धोती चोर”को गालीले आफैं लाइ फकाउँदै !
सुरु हुन्छ यूरोपका चीसा गल्लीहरूको बिहानी !
२. ट्राम बस मेट्रो, ट्रेन !
जेब्रा क्रश, ट्राफिकलाईट कतै अढिने समय छैन !
सधैको उस्तै ह्स्यांग-फस्यांग र हतार !
दुवै हात, मुख, कान र मन लाइ, एक छिन फुर्षद छैन !
मोबाइल, चुरोट, खैनी, सानो झोला !
मनमा ईच्छाहरू रोई रहेछ !
३. i Phoneहरूमा सस्तो लाइन रोज्दै !
Marlboro Classics र Tommyको ज्याकेटहरूमा !
BOSSको नयाँ परफ्यूमलाई,
मसलाको बास्नाले गिज्याई रहेछ !
४ . चिल्ला र सफा सड़क पेटीहरूमा !
एक ढिक्का खकार फाल्दै !
कोठा कै फोहोरको पोकोलाई !
बढो मेहनतले सुटुक्क ,
सड्क पेटीको ढ्वाङ्गमा खसाल्दै !
काठ्मान्डौको फोहोर अझै गन्हाई रहन्छ !
५ . थकीत दिमागहरूमा !
अझ दर्जनौं पासवर्ड, यूजर नेम र कोडहरू कोच्याउदै !
you Tube , च्याट रूम र 18 +को दुनियामा रमाउदै !
वा रेड लाइट र पीप शो घुम्दै !
काठमान्डौको नाईट डिस्को र मशाज पार्लरको बिकृतिहरू ओकल्छ !
६ . कहिले नेपाल खत्तम ! कहिले यूरोप खत्तम !
कहिले नेपाल राम्रो ! कहिले यूरोप राम्रो !
थोरै दिनुको संतोषको साटो !
धेरै नपाउनुको तापमा जल्दै !
जुम्ला हुम्ला र कोशीको व्यथा बिर्सेर !
यूरोप का गल्लीहरूमा !
मगन्तेहरूलाई दया देखाउछ !
७ . एक्कासि, बिना प्रसंग !
नेताहरू, क्रांतिकारीहरू
देशप्रेमीहरू, देशभक्तहरू जन्मन्छन् टेबलहरूमा !
भारत, चाइना र अमेरिकालाई गाली गर्दै !
गिरिजा, बामदेव र प्रचण्डलाई औंलो ठड्याउँदै !
र त्यही साँझ विलाउंछ आइसक्यूबहरू झै !
रक्सीको मातभित्र देशद्रोहीहरू खोज्दै !
८. जिन्दगीको पानाहरूलाई !
प्रत्येक दिन म्यारिज र पप्लूको पानासँग भजाउँदै !
गेट टु गेदर, ग्यादरिंग र पार्टीहरूको रमझममा !
बियर वाइन र व्हिस्कीको रंगमा डुब्दै !
जिन्दगीको परिभाषा बुझिरहेछन !
यूरोपका चीसा गल्लीहरूमा !!!
हामी नेपाली !!! वीर सन्ततिहरू !!!
जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम