~गोकुल ढकाल~
सडकको छेउमा तिमी नतमतस्क हामीलाई हेरिरहेका छौ,
दुर्घन्तित फोहोरको सुगन्ध सुघिरहेका छौ,
पुर्खाले कती कसरत गरे तिमीलाई जन्माउन
तिमी जन्मेउ जन्मन त,
तर हेर त आज आँफै
तिम्रो बिजोक।
हामी तिमीलाई भगवान भनेर पुज्छौ,
कसैले तिमीलाई तिम्रो मुखमै थुक्छन,
तिमी सार्है महँगो पनि छौ रे,
कसैले तिमीलाई धेरै महँगोमा बेच्छन,
तिमीलाई बेचेर धरै धनी भएका छन,
तर के गर्ने,
आफ्नै देशमा जन्मेर पनि बेचिन पर्ने,
कस्तो तिम्रो जन्म, कस्तो बिजोक।
रङगिएका छौ, फूलले, अबिरले, धुपले र नैबेद्धले
पुजिएका छौ, मन्त्रले, शास्त्रले
जती पुजिए पनि तिम्रो देशमा धर्म हरायो,
सस्क्रिती हरायो, कर्म हरायो,
देशको सिमना, खाता पाता हराए,
हामी हराउदै छौ, तिमी त हती हरायौ कती,
जती पुजिए पनि, ठगिने-हराउने, बेचिने
कस्तो मुल्य तिम्रो,
कस्तो बिजोक।
(स्रोत : माइ संसार डट कम)