~हरि दुलाल~
शनिवार विहान करिव ६ वजे तिर कोटेश्वर हुँदै अरनिको राजमार्गको वाटोमा हुईकन सुरु भयो । २७ लटको मोटरसाईकल, सर्भिसिङ नगरेको पनि धेरै भईसकेको थियो । मोटरसाईकल खात्राक खुत्रुक अलि बढि नै गरेको थियो, गर्मी मौसम भएपनि विहानको सिरेठोले कानको लोती नै छिन्ला झैँ हानेको हान्यै गयो ।
भक्तपुरको जगाते नपुग्दै मोटरसाईकल साईड लगाए, गोजीमा भएको रुमाल झिकेर कान र नाक दुवै छोपिने गरि हल्का हिसाबले कसेँ , फेरि याक्सिलेटर बटारेर रफ्तारलाई कायम नै राखेँ ।
सडकको गार्इँगुर्इँ आवाज, नजिकैका वस्तिहरु ,सवारी साधनले फ्याकेको धुवाको गन्ध ,मनमा आएका अनेकौँ तरङ्गका विच यात्रा अगाडि बढिरह्रयो । तामाघाट बाट केही अगाडि बढ्दै थिएँ, कसैले बोलायो जस्तो लाग्यो । फर्किएर हेरेको हरियो डिस्कोभर बाईकमा २ जना कार्यलयका साथी रहेछन् ,एक जना क्यामेराम्यान अर्को रिपोर्टर । हेलो सर जी कता ? हात मिलाउदै जवाफ फर्काएँ, म सानो कामले भोताङ सम्म जान लागेको । मेलै हल्का हिसाबले जवाफ दिएँ अनि आफू कता ? मैले भनेँ । रिपोर्टिङका लागी तातोपानि पुगेर फर्किएको । उता बाट जवाफ आयो । ल उतै अफिसमै भेटौँला, भनेर म हतारिए झै गरि विदा मागेँ ।
उनीहरु अति घनिष्ठ मित्र पनि थिएनन् , कार्यालय एउटै भएपनि उनीहरु टेलिभिजनमा काम गर्दथे , म रेडियोमा । तर कार्यालयको भवन एउटै भएका कारण तल माथि गर्दा जम्काभेट चाहिँ धेरै हुने गर्दथ्यो । म सिधै काभ्रेको जिरोकिलोबाट सिन्धुपाल्चोकको मेलम्ची हान्निएँ । लगभग एक घण्टा दौडेपछि मेलम्ची वजार पुगेर एक होटलमा छिरेँ ,माथि गाउँतिरवाट भर्खरै पारेको रक्सी वेच्नका लागि एक जना तामाङ्नी दिदी होटलमा छिरेकी रैछिन् । होटलकी साहुनीले ग्यालिनको रक्सी धमाधम खन्याईन्, नाकै पोल्ने गरि ह्रवास्स गन्ध आयो । खाजा के छ साहुनी ? मैले प्रश्न गरेँ । के खानु हुन्छ ? मासु, चिउरा ,चाउमिन, छोयला छ । ‘हाफ पेल्ट चाउमिन वनाईदिनु न अलि चाँडो’, मैले भने ।
केही समयको प्रतिक्षा पछि साहुनीले खाजा टेवुलमा राखिदिईन् ,काँटा समाउदै मैले भोक मेटेँ । मेरो गन्तव्य थियो सिन्धुपाल्चोकको हिमाली गाउँ भोताङ । लगभग दुई वर्ष अगाडि एक चोटि मात्र त्यो ठाँउ गएको थिएँ , । मेलम्ची वजारमै वस्यो भने चिनजानका धेरै मानिस भेटिन्छन् र अलमल हुन्छ भन्नेमा म जानकार थिएँ । तसर्थ मैले ढिलो नगरि आफ्नो वाटो तताएँ । उहि त हो हालत कच्ची सडक, खाल्टा खुल्टी तल हेर्यो ठूलो भिर, कहिँकतै भने रामैै्र सडक पनि भेटिन्थ्यो, म रफ्तारमै हुन्थेँ , कहिलेकाहीँ फाट्फुट गाडिहरु र मोटरसाईकल भेटिन्थे । गाडी आउदा कि भित्तो कि छेउ च्यापेर साईड दिनु पथ्र्यो । वाईकमा हिड्नेसंग भने पिलिक्क आँखा जुधिहाल्थ्यो, चिनजानका कोही हुन् कि भनेर हेर्ने गर्थेँ , सायद म जस्तै बाईक वालापनि उसै गथ्र्याे ।
सडक वरपरका वस्ती भूकम्पले भत्काएको घरको सामाग्री झिक्दै टहरा वनाउने काममा धेरै मानिस व्यस्त देखिन्थे । कहीँ कतै भने मानिसहरु शितलतिर तास खेलेर समेत वसेका देखिन्थे । आँखा र मन दौडाउँदा दौडाउँदै तिपेनी वजार पो आईसकेछ । एकछिन बाईक रोकेर नजिकै वगिरहेको धारोमा गए टुटीमा नै मुख लगाएर पानी खाएँ , धारो नजिकै वसेर मैला र पुराना कपडा धोइरहेकी एक तामाङ्नी दिदीले उनकै लवजमा सार काता साम्मा जान लाग्यो ? भनेर म माथी प्रश्न गरिनँ् । यसो माथि तिर घुम्न जान लाको, मैले भनेँ । कुन संस्थावाट हो सर ? म संस्थावाट हैन घुम्न मात्र आएको , मैले भनेँ । उनले भनेको संस्थाचाँिह आजभोली गाउँघरमा छ्याप्छ्याप्ती रहेका एन िओ, आईएनजिओहरु रहेछन्, पछि आफैले यसो अनुमान गरेँ । मैले फेरी यात्रालाई निरन्तरता दिएँ ।
तिपेनीवाट करिव एक घण्टा बाईकमा दौडेपछि एउटा सानो खोल्छी आयो, खोल्छी नजिकै माथी कुलोवाट वगाउँदै ल्याईएको पानीको धारो तुर्र झरिरहेको थियो । शान्त र एकान्त लाग्दो ठाउँ, केही चराचुरुङगीका चिरविर आवाज, खोल्छा पारि ठूलो कालो ढुङगो थियो , वारि वाट नै प्रष्ट देखिन्थ्यो । ढुङगो माथि कोही केटी मान्छे टुक्रुक्क वसिरहेकी थिईन् , कर्कलाको पातले अनुहार हम्केर उर्खमाउलो गर्मीमा शितलताको साहारा लिईरहेकी थिईन्, खोल्छो सानो थियो । अलिअलि पानी जमेको, गेग्रिन ढुङगाहरु, वाईकको बेग्रतालाई अलि कम गर्दै पारि गएँ , पारि नपुग्दै सुमधुर आवाजमा त्यो अघि देखिएको ढुङ्गामाथि वसेकी केटिले दाई तपाई कहाँ सम्म पुग्ने होला ? भनेर प्रश्न गरिन् । वाईक नजिकै लगेर रोकेँ, अनि जवाफ फर्काएँ । म भोताङ सम्म हो । म पनि भोताङसम्म जान भनेर हिडेको लगिदिनुस् न है ? आज वस नै आएन, जार्नै पर्ने थियो । भनेर केही विलौना गरेजस्तो गरिन् ।
हेल्मेटको सिसा अलि माथि सार्दै मैले ए हुन्छ भन्दै, एक पटक शिर देखि पाउसम्म नजरले स्पर्श गरिदिएँ, सायद मैले याद गरेर हेरेको जस्तो लागेछ क्यारे उनले अलि लजाए जस्तो गरिन् मन्द पारामा ओठ टोक्दै नजर तल झुकाईन् । वस्नुस् मैले भने । हल्का गुलावी रङको कुर्ता सलवार पछाडि केटा मान्छेले वोक्ने किसिमको कालो झोला अनि चम्किलो सेतो रङको सल लगाएकी , कलिलो अनुहार भएकी, २० २५ वर्षकी युवती ख्याच्च मलाई स्पर्श नगरी सरक्क वाईकमा वसिन् । मैले एक पटक लामो श्वास फेरेँ , एक्लोपन केही मेटिए जस्तो नयाँ ठाउँमा कोही आफन्त भेटे जस्तो अनुभूति भयो । वाईकलाई विस्तारै फेरि अगाडि बढाएँ , केही समय मौनता छायो । अनि मैले एकपछिअर्को प्रश्नको गाँठो फुकाउन सुरु गरँे । अनि तपाईको नाम ? हजुर उनले भनिन् , सायद सुनिनन् क्यारे अलि नजिकै आउनुन भन्दै फेरि मैले भनेँ , तपाईको नाम के हो भनेको । आरोही हल्का सरे जस्तो गरिन । आरोही के हो? मैले भनँे । आरोही श्रेष्ठ । ए मैले त क्षेत्री वाहुन होला भनेको नेवार पो हो ? तपाईको त नेवारको जस्तो वोलिमा लवज पनि छैन रैछ मैले भनेँ । उनले हजुर मात्र भनिन् ।
उनले पनि मलाई यस्तै यस्तै प्रश्न गरिन् । मैले पनि थप प्रश्न गरे घर सिन्धुपाल्चोकको ज्यामिरे रैछ । भोताङको एक विद्यालयमा विगत एक वर्ष देखि पढाउँदै आएकी रैछिन्, त्यो दिन उनि अघिल्लो दिन घर गएर फर्किएकी रैछन्् , व्याचलर पास गरेर अन्त खासै राम्रो काम नपाए पछि उनि शिक्षिका भएर काम गदै आएकी रैछिन् । हाल भोताङमा एक शेर्पा दाईको घरमा डेरा लिएर एक्लै वस्दै आएकी रैछिन् पक्की घर भएका कारण भूकम्पले चर्काएछ भत्केको भने छैन रे । यस्तै गफ गर्दै अगाडि वढियो । मलाई नि प्रश्न गरिन्, मैले पनि आफु एक डकुमेन्ट्रीका लागि केही फुटेज लिन यहाँ आएको र अरु साथीहरु हिजो नै आएर डकुमेन्ट्रीको काम गरिरहेको जानकारी दिएँ ।
उनी औलाले यता उता देखाउदै कस्तो राम्रो ठाँउ भन्थीन म चाँही तिमी भन्दा नि भनिदिन्थेँ अ होला नि खुवै उनको यस्तो जवाफ आउने गर्दथ्यो यस्तै कुराकानीले वाटो पनि छोटो लाग्दै गयो । यसै क्रममा एक ठाँउमा पुरै ठाडो उकालो वाटो थियो तल भिर केही गरि वाईक यताउती भो भने सिधै तल । यहाँ त झर्नुपर्ला मैले उनलाई भभनेँ , हुन्छ ,भन्दै मैले वाईक अड्याएपछि झरिन्, मैले भने सावधानी पुर्वक एक नम्वर गियरमा हल्का कल्ज लिएर याक्सिलेटर बटारे उकालो सकियो, मिनरल वाटरको भाँडामा भरिएको पानि लिएर आरोही उमोलागेको हेरिरहेँ ।
पहिलो भेट लगभग एक घण्टाको यात्रामा आफ्नै मान्छे झैँ लागेकी उनीलाई, माथि कुरिरहेँ । उफ् पानी खाने ? भन्दै उनले मलाई वोतल थम्याउन खोजिन् , पानी त पिउने होला मैले भनेँ । रेडियो कर्मी मान्छेसँग के बोलेर सक्नु , पिउनुस् हजुर , उनले भनिन् । मैले पनि उनको हातवाट पानीको वोतल लिएँ । हल्का मेरा हत्केलाले उनको हात छोयो, मलाई अघि वाईकमा घ्याच्च ब्रेक लाग्दा ठोक्किदाको स्पर्श भन्दा त्यो स्पर्श मिठो लाग्यो । पानीको घुट्को संगै मिसाएर स्पर्शको स्वाद पनि संगै मैले पिइदिएँ । एक छिन हावा खाईसकेपछि हामी फेरि अगाडि बढ्यौँ । पहिलो भेटमा यति खुलेर वोल्ने केटी सायद मैले पहिलो पटक भेटेको थिएँ । ठटा र अर्थहिन वोलाई मात्र हैन गम्भिर र चोटिला कुरा पनि गर्थिन् उनी, धेरै कुरा भए तर विवाह र प्रेमको कुरा ठ्याक्कै भएन ।
हामी लगभग ३ घण्टाको यात्रापश्चात भोताङ पुग्न लागेका थियौँ । गन्तव्यमा पुग्नै लाग्दा उनले भनिन् , आजै फर्कने त हैन नि ? मैले भनेँ , खै हेरौँ , साथीहरुले कति काम सके । हिजो नै आएका हुन् आज नै फर्कनु पर्ला , भरे मेलम्ची पुगियो भने पनि भोलि उतैको काम गर्न पाईन्छ , मैलेभनेँ । आज साँझ यता हाम्रो मै बसौँ न हुन्न ? उनले भनिन् । भनिदिए नि हुन्थ्यो भने झैँ लागेको थियो , भनी हालिन् । मन कता कता आनन्दले भरिएर आयो । हुन्छ , साँच्चै हो ? मैले भनेँ, वाईक रोकेँ , उनी ओर्लिन् , म भने मोवाईल झिकेर नम्वर देऊ त भनेँ । ल जा मैले पनि तपाईवाट तिमी लगाईदिएँ । नम्वर भन्दै गईन् , मैले उनको मोवाईल नम्वर आफ्नो मोवाईलमा टिप्दै गएँ र डायल पनि गरेँ।
मिसकल आयो नि ? मैले भनेँ । आयो उनले भनिन् । ल भरे काम सकेर फोन गर्नु नि है त । मेरो नि अहिले काम छ । विद्यार्थीहरुको लास्ट टर्मिनलको कापी हेर्नु छ , उनले भनिन् । साँझ भेट्ने सहमतिमा हामी छुटियौँ । म साथीहरुलाई फोन गरेर उतै गएँ । उनि झरेको भन्दा केही माथीतिर लागेँ । साथीहरु मेरै प्रतिक्षामा रहेछन् । म पुगेँ , केही गफगाफ पछि खाना खायौँ अनि हामी नजिकैको छिम्ती भन्ने स्थानमा क्यामेरा वोकेर निस्कियौँ । भूकम्पले भत्काएपछिको उठ्दै गरेको वस्तीहरुलाई क्यामेराले कैद गरियो , स्थानियको प्रतिक्रिया लियौँ र घुमघाम गर्याैँ । पुग्न गाह्र्रो ,पुगेपछि साह्रै आनन्द लाग्दो रमणिय ठाउँ हो भोताङ ।
लगभग काम सकियो, ल अव होटल जाऊँ, लोकल भाले ल्याएर कोदोको रक्सी घिउमा झानेर खानुपर्छ, साथीहरु यस्तो भन्दै थिएँ । म भने साथीहरुसंग वाहाना वनाउँदै आरोहीकोमा जाने सोचाईले पुलकित थिएँ । ल साथी हो भोलि विहानै भेटौँला, म चाहिँ तल मांनेखर्क गएर वस्छु , त्यहाँ आफ्न्तको घर छ भनेँ । संगै वसौँ भन्दै थिए , मैले अटेर गरेर ढाँटि ढाँटि त्यहाँवाट निस्किछाडेँ । अलि पर गएर आरोहीलाई फोन गर्छु भन्ने सोचाई राखेर केही अगाडि बढेँ । नयाँ ठाउँ कस्ले चिनेको छ र , आज आरोहीसंग वस्छु भन्दै हान्निएँ ,केही अगाडी पुग्दै थिएँ , ए हरि भनेर कसैले वोलायो । वाटोमा कस्ले वोलाउँछ भनेर हेरेको त मेलम्ची स्थित इन्द्रेश्वरी उमाविमा ९ र १० कक्षा सगै पढेको साथी पवन पो रहेछ । ऊ अलि वर आयो , अचम्मीत पनि भयो कसरी आयौ यार यहाँ भन्दै चिया पसल तिर लग्यो । आफू आउनुको कारण र हालखवर सवै खुलाएँ, उसले पनि आफ्नो पछिल्लो खवर, काम र वसाई वारे जानकारी गरायो ।
उ अहिले लोकसेवामा नाम निकालेर मावि टिचरको रुपमा भोताङको एक विद्यालयमा विगत केही समय देखि पढाउँदै रहेछ । कुराकानीकै क्रममा मैले विहे गर्दैनौ भनेर पवनलाई सोधेँ , खै यार अव गर्नु पर्ला , उस्ले भन्यो । कहिले गर्छौ ? मैले भने । घरमा हल्का कुराकानी भईरहेको छ हेरौँ । केटीको घरमा नि मान्नु पर्याे उसले भन्यो । लभ लाई एरेन्जमा ढाल्न खोज्यौ कि के हो ? मैले भनँे । त्यस्तै त्यस्तै हो उस्ले भन्यो । को केटी हो भन्न मिल्छ भने भन , मैले पनि चिनेको पो छु कि मैले भने । उतै ज्यामिरे तिरको हो यार उस्ले भन्यो । ज्यामिरे यो शव्दले मेरो मनमा झड्का हान्यो । अव यसले केटीको नाम पनि आरोही भन्छ कि भन्ने मनमा अर्को डरको पहिरो पो लाग्यो , ए के नाम हो ? मैले तुरुन्तै प्रश्न गरेँ । आरोही श्रेष्ठ भन्ने छिन् , यतै भोताङमा हामीसंगै एउटै स्कुलमा काम गर्छौँ , उसले भन्यो ।
लौ खतम, एकाएक शिखरमा पुगेर एकैपटक गरल्याम्म तल झरे जस्तै भयो , निःशब्द भएँ । धेरै कुरा गर्ने मनसाय नै भएन । ल पवन म तिमीसंग पछि भेट्छु तल साथीहरु कुरिरहेका छन् , अलि हतारमा छु यार ,फेसवुकमा फे्रन्ड छदै छौँ , कुरा गरौँला नि भनेर छुट्टिएँ । तल जाउँ कि माथी जाउँ । अलमलमा परेँ । केही तल गए अनि फेरी साथीहरुलाई फोन गरेर म आफन्तकोमा नवस्ने भएँ , म त्यतै आउने भएँ, मलाई पनि खाना वनाउन लगाउनु, वाँकी कुरा आएर गर्छु भनेर मोवाईल राखिदिएँ ।
यसो हेरेको सडक छेउमा एक होटल रहेछ । होटल साम्वाला ठूलो अक्षरमा लेखिएको थियो , त्यही होटल निर मोटरसाईकल साइड लगाएँ , भित्र वसेँ अनि होटल साउजीसंग एक वोतल वियर मागेर चिसो वियर दुई चुस्की लगाएपछि मोवाईल हेरेँ , भर्खरै आएको दुई मिस्कल थियो , त्यो मिसकल उहिँ सेभ नगरेको नम्वर , १२ वजेर १४ मिनेट जादाँ डायल गरेको, मैले पहिलोपटक देखेको कालो ढुङ्गाको माथी टुक्रुक्क वसेर कर्कलाको पातले अनुहार हम्किरहेकी केटीको थियो ।
(स्रोत : रातोपाटी डट कम)