~रुमन न्यौपाने ‘अमन्त’~
एउटा दौड ।
हामीले लामो फड्को मार्यौ ।
चारै दिशा छुन खोज्यौ ।
चुचुरो छोयौं ।
फेदीमा पुग्यौं ।
हामीले पुरै ब्यास नाप्यौ ।
तर,
पुनराबोलकन गरेनैं ।
हामीले समयको ख्याल राखेनौ ।
कसैलाई बिजेता भन्न सकेनौं ।
लामो सास ।
हामीले केबल बाच्नको लागी लियौं ।
लतातार त्यही प्रयास अनबरत गर्यौ ।
पिठ्यँुको भारी बिसाएर
बोझ हल्का गर्यौ ।
गहीरो सुखको सास त्यहाँ समाहीत थियो ।
तर,
बतास लाई बुझेनौ ।
हामीले समयको ख्याल राखेनौ ।
कसैलाई बिजेता भन्न सकेनौं ।
एउटा चुपचाप ।
हामीले शान्ती लेराए झै गर्यौ ।
बुद्धको पक्ष लिएर बोधीसत्व बन्यौ ।
पानस बाल्यौ ।
जोर्तीमय बनायौ ।
हामी शितमा तङ्गिग्रएझै गर्यौ ।
तर,
घामलाई बुझेनौ ।
हामीले समयको ख्याल राखेनौ ।
कसैलाई बिजेता भन्न सकेनौं ।
एउटा ढुङ्गगा ।
हामीले त्यसमा ईश्वलाई खोज्यौ ।
मानबतालाई भुलेर निर्दयी पनी बन्यौ ।
धुप सल्कायौ ।
फुलले सजायौ ।
हामीले ईश्वर प्रात्ती को ढोल बजाँयौ ।
तर,
कारीगरी हेरेनौं ।
हामीले समयको ख्याल राखेनौ ।
कसैलाई बिजेता भन्न सकेनौं ।
एउटा बेग ।
हामीले सके जती को गती लीयौ ।
कसैको ख्याल नराखी हलचल लेरायौ ।
असिनाझै बन्यौं ।
नौनी झै पग्लीयौं ।
हामीले गोर्लाध लाई नै बदलिदियौं ।
तर,
गन्तब्य भेटेनौं ।
बाच्छोले दाम्लो किन चुँडायो यादै गरेनौं ।
हामीले समयको ख्याल राखेनौ ।
कसैलाई बिजेता भन्न सकेनौं ।
…..डिसेम्बर २७ २००९
(स्रोत : रचनाकारको ब्लगबाट सभार)