~सीता थारू निश्छल~
बनाउँछु भनेर साझा नसोच्नु होला ।
बस् त्यो भन्दा ज्यादा नसोच्नु होला ।
जिन्दगीमा सधैं अगाडि बढ र बढाऊ
लगाउँछु भनेर काँडा नसोच्नु होला ।
सडक छाप लोफर जस्तै किन गर्नु
मेहनत बिनाको नाफा नसोच्नु होला ।
चाहे नाइटिङ्गेल सम्झ, चाहे पारिजात
तर पनि कृष्णको राधा नसोच्नु होला ।
हिम्मत छ ? कति बरात लिएर आउने
व्यर्थै, बन्छु भनेर राजा नसोच्नु होला ।
भावानुवाद : छविलाल कोपिला
(स्रोत : : परगोह्नी गजल संग्रह–२०७२ – प्रकाशक : थारु भाषा तथा साहित्य संरक्षण मञ्च, देउखुरी–दाङ)